फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

नेपालगन्ज, २५ चैत । नेपालगन्जबाट दुई वर्ष जेल सजाय पाएर फरार भएका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज–२० मनिकापुरका ६२ वर्षीय सन्तोष अहिर रहेका छन् । जिल्ला अदालत बाँकेले २०४९ वैशाख १८ गते अहिरलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाएको थियो [...] The post फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ appeared first on Jhapa Online.

Apr 7, 2025 - 09:16
 0
फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

नेपालगन्ज, २५ चैत । नेपालगन्जबाट दुई वर्ष जेल सजाय पाएर फरार भएका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज–२० मनिकापुरका ६२ वर्षीय सन्तोष अहिर रहेका छन् ।

जिल्ला अदालत बाँकेले २०४९ वैशाख १८ गते अहिरलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाएको थियो ।

जेल सजाय पाए लगत्तै फरार भएका अहिरलाई नेपालगन्ज आएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अहिरलाई जेल सजाय भुक्तानका लागि जिल्ला अदालत हुँदै जिल्ला कारागार बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

The post फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register