एसीसी यू-१६ क्रिकेट : उपाधिका लागि नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन कपको उपाधिका लागि नेपाल र सिंगापुर भिड्दैछन् । खेल नेपाली समयअनुसार यूकेएम वाईएसडी ओभलमा बिहान ७:४५ बजे सुरु हुनेछ । नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई र सिंगापुरले हङकङलाई हराएको थियो । नेपाल प्रतियोगितामा अपराजित छ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । गत २२ जुनमा सम्पन्न खेलमा […]

Jul 5, 2025 - 01:50
 0
एसीसी यू-१६ क्रिकेट : उपाधिका लागि नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन कपको उपाधिका लागि नेपाल र सिंगापुर भिड्दैछन् । खेल नेपाली समयअनुसार यूकेएम वाईएसडी ओभलमा बिहान ७:४५ बजे सुरु हुनेछ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई र सिंगापुरले हङकङलाई हराएको थियो ।

नेपाल प्रतियोगितामा अपराजित छ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । गत २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register