भोटेकोशी बाढी : सात दिनदेखि आठवटा शव शिक्षण अस्पतालमा

काठमाडौं । रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका आठ जनाको पहिचान नखुल्दा परिवारले शव बुझ्न सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सो बाढीमा २० जना बेपत्ता भएको जनाएको छ । त्यसमा ६ जना चिनियाँ नागरिक छन् भने दुई जना नेपाल प्रहरीका छन् । हालसम्म भेटिएका ८ वटा शव काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण […]

Jul 14, 2025 - 09:22
 0
भोटेकोशी बाढी : सात दिनदेखि आठवटा शव शिक्षण अस्पतालमा

काठमाडौं । रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका आठ जनाको पहिचान नखुल्दा परिवारले शव बुझ्न सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सो बाढीमा २० जना बेपत्ता भएको जनाएको छ । त्यसमा ६ जना चिनियाँ नागरिक छन् भने दुई जना नेपाल प्रहरीका छन् ।

हालसम्म भेटिएका ८ वटा शव काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ । यही २४ असारमा बाढीले बगाउँदा बेपत्ता भएका मध्ये ९ जनाको शव भेटिएको थियो । तीमध्ये एक जनाको पहिचान भएको छ । अन्य ८ जनाको शव सात दिनदेखि शिक्षण अस्पतालमै राखिएको छ ।

शिक्षण अस्पतालमा रहेका शवको पहिचानका लागि डीएनए परीक्षण भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए । उनले भने, ‘एक जना बर्दियाको व्यक्तिको हातमा ट्याटु देखेर पहिचान भयो । अरुको पहिचान हुन सकेको छैन ।’

शवको पहिचान हुन नसकेको विषय संसदमा पनि उठेको छ । बर्दियाका कांग्रेस सांसद संजय गौतमले प्रतिनिधिसभाको आकस्मिक समयमा यो विषय उठाएका हुन् । उनले शवको पहिचानमा सरकारबाट सहयोग नभएको बताए । उनले भने, ‘डीएनए परीक्षणमा सहयोग भएको छैन । सरकारले सहयोग गर्नुपर्नेमा परिवारका मानिसहरू आफैँ आएका छन् । तर, शिक्षण अस्पतालमा उनीहरूको बिचल्ली छ । डीएनए परीक्षण हुन सकेको छैन ।’

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भोटेकोशी बाढीमा कति जना बेपत्ता भए भन्ने पनि यकिन हुन नसकेको बताए । अहिले जिल्ला प्रशासन कार्यालय रसुवाले ६ जना चिनियाँसहित २० जना बेपत्ताको सूची सार्वजनिक गरेको छ । तर, चिनियाँपक्षले आफ्ना ११ जना नागरिक बेपत्ता भएको बताएको छ । शिक्षण अस्पतालमा रहेका शवको पहिचानका लागि चिनियाँ टोली पनि पुगेको नेपाल प्रहरीका प्रवक्ता घिमिरेले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register