मीन बहादुरले दिए टिचिङ हस्पिटललाई साढे ९ करोडको भवन (तस्विरहरु)

काठमाडौँ । भाटभटेनी सुपरमार्केटद्वारा ९ करोड ५० लाख रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको भवन शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको सो भवन सोमबार एक कार्यक्रमकाबीच भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले हस्तान्तरण गरेका हुन् ।  भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममै गुरुङले अस्पताललाई […]

Jul 14, 2025 - 09:28
 0
मीन बहादुरले दिए टिचिङ हस्पिटललाई साढे ९ करोडको भवन (तस्विरहरु)

काठमाडौँ । भाटभटेनी सुपरमार्केटद्वारा ९ करोड ५० लाख रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको भवन शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको सो भवन सोमबार एक कार्यक्रमकाबीच भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले हस्तान्तरण गरेका हुन् । 

भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममै गुरुङले अस्पताललाई भवन हस्तान्तरण गरेका छन् । 

ईएचएस भवन हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले भाटभटेनी समूहले स्व. पिता वृषबहादुर गुरुङ र स्व. माता धनमाया गुरुङको स्मृतिमा भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको बताए । समृद्ध नेपाल र सुखी नेपाली बनाउन भाटभटेनीको तर्फबाट अग्रपंक्तिमा रहेर देश र जनताको सेवा गर्न आफू तयार रहेको पनि गुरुङले बताएका छन् । 

उनले सरकारले केही गर्छ की भन्ने आशा नराखिकन आफूले सेवा गरिरहेको बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register