विद्युतीय सवारी बजारमा तीव्र प्रतिस्पर्धा, कुन ईभी उत्कृष्ट ?

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै र वातावरणमैत्री प्रविधिको लोकप्रियता बढेपछि विद्युतीय सवारीसाधन (EV) को माग उल्लेखनीय रूपमा बढ्दो छ । उपभोक्ताहरूको बदलिँदो प्राथमिकता हेरेर विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो अत्याधुनिक EV मोडेल नेपाली बजारमा प्रस्तुत गरिरहेका छन् । हाल नेपाली बजारमा चर्चामा रहेका पाँच EV मोडेलहरू – Deepal S07, Aion Y (Luxury), BYD Atto […]

Apr 7, 2025 - 07:33
 0
विद्युतीय सवारी बजारमा तीव्र प्रतिस्पर्धा, कुन ईभी उत्कृष्ट ?

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै र वातावरणमैत्री प्रविधिको लोकप्रियता बढेपछि विद्युतीय सवारीसाधन (EV) को माग उल्लेखनीय रूपमा बढ्दो छ ।

उपभोक्ताहरूको बदलिँदो प्राथमिकता हेरेर विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो अत्याधुनिक EV मोडेल नेपाली बजारमा प्रस्तुत गरिरहेका छन् ।

हाल नेपाली बजारमा चर्चामा रहेका पाँच EV मोडेलहरू – Deepal S07, Aion Y (Luxury), BYD Atto 3 (Superior), Omoda E5 र Jaecoo J6 हुन् । तीमध्ये कुन चाहिँको के पक्ष कति उत्कृष्ट छन् भन्ने जानौँ –

मूल्य र प्रदर्शनको तुलनात्मक विश्लेषण

Aion V – लामो दूरी र लग्जरी सुविधाको खोजी गर्ने उपभोक्ताका लागि उत्कृष्ट विकल्प । ६५० किमी दायरा, मसाज सिट, इन-बिल्ट फ्रिज, र अत्याधुनिक ADAS प्रणालीले यसलाई पूर्ण बनाएको छ ।

Deepal S07 – डिजाइन र आराम दुवै प्राथमिकता दिनेहरूका लागि उपयुक्त । भेन्टिलेटेड सिट र प्यानोरामिक सनरुफ जस्ता सुविधा भए पनि मसाज सिट र फ्रिजको अभाव छ ।

BYD Atto 3 – सन्तुलित दायरा र प्रविधिको मेल तथा सुरक्षा मजबुत (७ एयरब्याग) ।

OMODA E5 – कम मूल्यमा आकर्षक फिचरहरू खोज्नेहरूका लागि राम्रो विकल्प र मूल्य र दायरा सन्तुलित ।

Jaecoo J6 – शक्ति र ग्राउन्ड क्लेरेन्स आवश्यक पर्ने प्रयोगकर्ताका लागि उपयुक्त । १३५ kW मोटर र २०० mm क्लेरेन्सले अफ-रोड वा ग्रामीण सडकमा समेत उपयोगी बनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register