आगामी भदौ २७ गतेबाट अभिमन्यु’

आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’का मुख्य अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । नीलो रंगमा तयार पारिएको पोस्टरमा कामेश्वर विराटनगर जिल्ला कारागार अगाडि चिच्याएको अवस्थामा प्रस्तुत छन् । उनी कारागारबाट मुक्त भएपछि खुसीले चिच्याएको हुनसक्ने अनुमान पोस्टरबाट लगाउन सकिन्छ । कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको निर्माण रहेको [...] The post आगामी भदौ २७ गतेबाट अभिमन्यु’ appeared first on Jhapa Online.

Jul 14, 2025 - 11:44
 0
आगामी भदौ २७ गतेबाट अभिमन्यु’


आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’का मुख्य अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । नीलो रंगमा तयार पारिएको पोस्टरमा कामेश्वर विराटनगर जिल्ला कारागार अगाडि चिच्याएको अवस्थामा प्रस्तुत छन् । उनी कारागारबाट मुक्त भएपछि खुसीले चिच्याएको हुनसक्ने अनुमान पोस्टरबाट लगाउन सकिन्छ ।

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको निर्माण रहेको फिल्ममा कामेश्वरसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ । यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ । असोज ६ गतेलाई हिन्दी भर्सनको प्रदर्शन मिति तय गरिएको छ ।

सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा मुकेश खनालको लेखन, शरद महतोको डीओपी तथा मदन घिमिरे सम्पादन रहेको छ । फिल्मको निर्माणमा विनोदलाई गुञ्जन गिरीले सघाएकी छन् । सह(निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ रहेका छन् । पैसाको प्रलोभनले चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा फिल्म बनेको जनाइएको छ ।

The post आगामी भदौ २७ गतेबाट अभिमन्यु’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register