जान्नुहोस् स्वास्थ्य सम्बन्धी २१ पुराना कथनहरु

अहिलेको समयमा आफ्नो स्वास्थ्यको विषयमा हरेक व्यक्ति चिन्तित देखिन्छ । बढी चिन्तित देखिने व्यक्तिहरुले चिकित्सक तथा स्वास्थ्य कर्मीसंग सल्लाह लिने र त्यसको अनुसरण गर्ने काम पनि गर्दछन् । तर, स्वास्थ्य सम्वन्धी सल्लाह वा स्वास्थ्य जोडिएको कथन अहिले मात्रै होईन पहिले देखि नै आउने गरेको थियो । ती कथनहरुको अनुशरण गर्ने व्यक्ति स्वस्थ रहेका थिए भन्ने [...] The post जान्नुहोस् स्वास्थ्य सम्बन्धी २१ पुराना कथनहरु appeared first on Jhapa Online.

Jul 14, 2025 - 11:50
 0
जान्नुहोस् स्वास्थ्य सम्बन्धी २१ पुराना कथनहरु


अहिलेको समयमा आफ्नो स्वास्थ्यको विषयमा हरेक व्यक्ति चिन्तित देखिन्छ । बढी चिन्तित देखिने व्यक्तिहरुले चिकित्सक तथा स्वास्थ्य कर्मीसंग सल्लाह लिने र त्यसको अनुसरण गर्ने काम पनि गर्दछन् ।

तर, स्वास्थ्य सम्वन्धी सल्लाह वा स्वास्थ्य जोडिएको कथन अहिले मात्रै होईन पहिले देखि नै आउने गरेको थियो । ती कथनहरुको अनुशरण गर्ने व्यक्ति स्वस्थ रहेका थिए भन्ने पुराना ऐतिहासिक दस्तावेज र ग्रन्थहरुले बताएको छ ।

साच्चिकै आज पनि ती कथनहरु सुन्दा स्वास्थ्यका लागि निकै नै उपयोगी देखिन्छ ।

हेर्नुहोस् स्वास्थ्य सम्वन्धी २१ पुराना कथनहरु

१. अजीर्ण भोजन विषम्

धेरै खानु (कोचि कोचि) स्वास्थ्यको लागि हानिकारक हुन्छ । अपच हुने गरी खानु भनेको विष सरह हो ।
२. अर्धरोगहारी निद्रा

सहि किसिमको निन्द्राले आधा रोग निको हुन्छ।
३. मूढगढाल्ली गढव्याली

सबै दालहरु भन्दा हरियो चना उपयोग गर्नु उत्तम हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउछ ।
४. बागनास्थी संधानकारो रसोनहा

लसुनले मर्केको हड्डी समेत जोड्न सक्दछ ।
५. अति सर्वत्र वर्जयेत

कुनै पनि चिज धेरै उपभोग गरियो भने यसले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसैले अति नगर्नु ।
६. नास्थिमूलम अनौषधाम्

शरीरलाई फाइदा गर्ने औषधिय गुण नभएको सागपात तरकारी हुदैन ।
७. नां वैध्यः प्रभुरायुशाह

कुनै पनि चिकित्सक हाम्रो दीर्घ जीवनको मालिक होइनन् । चिकित्सकको पनि सिमा हुन्छ ।
८. चिंता व्याधि प्रकाश्य

चिन्ताले अस्वस्थतालाई बढाउछ ।
९.व्यायामच्छ सनैही सनैही

कुनै पनि व्यायाम विस्तारै गर्नु । हतारले गरेको व्यायाम स्वास्थ्यको लागि हितकर हुदैन ।
१०. अजावथ चर्वनाम् कुर्यात्

आफ्नो खानालाई बाखाले जस्तै चपाउ। हतारमा खाना ननिल। चपाउदा निस्कने ऱ्यालनै पहिलो पाचन हो ।
११. स्नानम् नामा मानहप्रसाधनकरम् धुस्वप्न विध्वसनम्

नुहाउनाले डिप्रेशनलाई हटाउछ र खराब सपना भगाउछ ।
१२. ना स्नानम् आचारेठ भुक्थवा

खाना खाने वित्तिकै नुहाउने काम कहिले पनि नगर यसले पाचनलाई असर गर्दछ ।
१३. नास्थि मेघासमाम थोयम

शुद्धतामा आकाशबाट बर्षेको पानी जस्तो अरु कुनै हुदैन ।
१४. अजीर्णे भेषजम वारी

अपच भयो भने साधा पानी पिउदा पनि ठिक हुन सक्छ।
१५. सर्वत्र नूथनाम् सस्थाम सेवकाने पुरंथनम

सधै ताजा खाने गर । बासी खाना र पुरानो चाकरलाई विस्थापन गर्नु पर्दछ। ९चाकरलाई काम बदल्ने०
१६. नित्यम् सर्वा रास्सभ्याश

सबै स्वाद युक्त पूर्ण खाना खाउ ।
१७. जटाराम पूरायेधरधाम अन्नाहि

तिम्रो पेटलाई ठोस खानाले आधा भर। एक चौथाइ पानी वा झोल पदार्थले भर र एक चौथाई खाली राख ।
१८. भुक्थवोपा विसथास्थंद्र

खाना खाइ सकेपछि अल्छी गरी नबस। कम्तिमा आधा घण्टा हिड ।
१९. क्षुथ साधुथाम जनयथि

भोकले खानाको स्वाद बढाउछ ९भोक मिठो० अर्थात भोक लागे पछि मात्र खाउ ।
२०. चिंता जर्रानाम मनुष्याणम्

चिन्ताले मानिसलाई छिटै बुढो बनाउछ ।
२१. साथम विहाया भोक्ताव्यम्

खाने समय भए पछि सय काम पनि छोडेर खाउ ।एजेन्सी

The post जान्नुहोस् स्वास्थ्य सम्बन्धी २१ पुराना कथनहरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register