मंगलबार ३४.४६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Jul 15, 2025 - 10:50
 0
मंगलबार ३४.४६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register