सीता एयरको जहाजको हाइड्रोलिक बिग्रियो, काठमाडौँमा ट्याक्टरले तानेर पार्किङ स्थल पुर्याइयो 

काठमाडौँ । लुक्लाबाट रामेछाप उडेको सीता एयरको जहाजको हाइड्रोलिक फेल भएको छ । बुधबार बिहान लुक्लाबाट उडेको उक्त जहाजको हाइड्रोलिक फेल भएको हो ।  ९एन एआईई कलसाइनको डोर्नियर जहाजको हाइड्रोलिक फेल भएपछि पाइलटले प्राविधिक समस्याको जानकारी गराउँदै काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।  १४ जना यात्रु बोकेर आएको उक्त जहाज काठमाडौँमा सकुशल […]

Apr 16, 2025 - 07:20
 0
सीता एयरको जहाजको हाइड्रोलिक बिग्रियो, काठमाडौँमा ट्याक्टरले तानेर पार्किङ स्थल पुर्याइयो 

काठमाडौँ । लुक्लाबाट रामेछाप उडेको सीता एयरको जहाजको हाइड्रोलिक फेल भएको छ । बुधबार बिहान लुक्लाबाट उडेको उक्त जहाजको हाइड्रोलिक फेल भएको हो । 

९एन एआईई कलसाइनको डोर्नियर जहाजको हाइड्रोलिक फेल भएपछि पाइलटले प्राविधिक समस्याको जानकारी गराउँदै काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । 

१४ जना यात्रु बोकेर आएको उक्त जहाज काठमाडौँमा सकुशल अवतरण भएको छ । अवतरणपछि जहाजलाई ट्याक्टरले तानेर पार्किङ स्थल पुर्याएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक अधिकारीले जानकारी दिएका छन् । 

ती अधिकारीका अनुसार जहाजको अवस्था हेरेर सम्पूर्ण तयारी पूरा गरेपछि आकस्मिक अवरतणको अनुमति दिइएको थियो । हाल उक्त जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register