उपप्रधानमन्त्री सिंहद्वारा लुम्बिनी संरक्षणमा सबैको सक्रियता आवश्यक

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवर्द्धनमा सबैले सक्रिय भूमिका निभाउनुपर्ने बताएका छन्। काठमाडौंमा शनिबार सम्पन्न नेपाली बौद्ध समुदायद्वारा आयोजित सुपोत महास्थथवीर सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन्। सुपोत महास्थथवीरलाई थाइल्यान्ड सरकारले लुम्बिनीमा गरेको धार्मिक र सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको छ भने नेपाली बौद्ध समुदायले पनि उहाँलाई […]

Jul 26, 2025 - 07:55
 0
उपप्रधानमन्त्री सिंहद्वारा लुम्बिनी संरक्षणमा सबैको सक्रियता आवश्यक

काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवर्द्धनमा सबैले सक्रिय भूमिका निभाउनुपर्ने बताएका छन्। काठमाडौंमा शनिबार सम्पन्न नेपाली बौद्ध समुदायद्वारा आयोजित सुपोत महास्थथवीर सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन्।

सुपोत महास्थथवीरलाई थाइल्यान्ड सरकारले लुम्बिनीमा गरेको धार्मिक र सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको छ भने नेपाली बौद्ध समुदायले पनि उहाँलाई अभिनन्दन गरेको छ। उपप्रधानमन्त्री सिंहले महास्थथवीरले लुम्बिनीको संरक्षण र बुद्ध धर्म प्रवर्द्धनमा निरन्तर योगदान गर्दै आएको भन्दै त्यसलाई उच्च मूल्याङ्कन गर्नुपर्ने बताए।

उहाँले बुद्ध धर्म र लुम्बिनीलाई आपसमा घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै, बुद्धिजमको विकास र लुम्बिनी संरक्षण दुवैमा सबैको सहयोग आवश्यक रहेको पनि बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register