‘सुख्खा मधेश’मा पानीको हाहाकार, ट्याङ्करको पानीका भरमा दैनिकी, पानीकै लागि लुछाचुँडी ! (तस्विरहरु)

काठमाडौँ । मधेश प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत प्रणाली बेकामे बन्दा पानी संकट चुलिएको हो । खानेपानीको संकट टार्न स्थानीय र प्रदेश सरकारले दमकल र ट्यांकरबाट बस्तीबस्तीमा […]

Jul 29, 2025 - 05:21
 0
‘सुख्खा मधेश’मा पानीको हाहाकार, ट्याङ्करको पानीका भरमा दैनिकी, पानीकै लागि लुछाचुँडी ! (तस्विरहरु)

काठमाडौँ । मधेश प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत प्रणाली बेकामे बन्दा पानी संकट चुलिएको हो ।

खानेपानीको संकट टार्न स्थानीय र प्रदेश सरकारले दमकल र ट्यांकरबाट बस्तीबस्तीमा पानी बाँड्न थाले पनि त्यो त्यति प्रभावकारी भएको छैन ।

जसमध्ये महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाव देखिएको छ । जिल्लाको मनराशिसवा नगरपालिकामा रहेका दश वटा वडाका स्थानीयले अहिले खानेपानीको संकट भोगी रहेका छन् । 

सो नगरपालिकाको वडा नं १ मा अवस्थित चौरिया टोलका सबै चापाकल, इनार, कुवा सुक्दा स्थानीयहरू नगरपालिकाले वितरण गरेको ट्याङकरको पानीको भरमा दैनिकी चलाउनु परेको स्थानीय राम प्रवेश महराले बताए । चापाकलमा पानी आउँदैन पानी पिउन खाना पकाउन पालिकाले बाँडेको पानीमा भर पर्नु परेको उनले सुनाए ।

‘कहिले काहिँ त पानी ल्याउने ट्यांकर रातिको ११, १२ बजे तिर आउँछ, फेरि त्यति बेला उठेर पानी भर्न पर्छ ।’, स्थानीय गगनदेव यादवले सुनाए । सोही नगरपालिकाको वडा नं ५ मा रहेको जनता माध्यमिक विद्यालय क्षेत्र भित्रको डिप बोरिङ स्थानीयको लागि खुला गरिंदा केही राहत महसुस स्थानीयले गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register