वेस्ट इन्डिजसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप

एजेन्सी, १३ साउन । अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५–० ले जितेको छ। १ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक [...] The post वेस्ट इन्डिजसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप appeared first on Jhapa Online.

Jul 29, 2025 - 09:12
 0
वेस्ट इन्डिजसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप

एजेन्सी, १३ साउन । अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ ।

पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५–० ले जितेको छ।

१ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन बनाए ।

क्यामरुन ग्रिन १८ बलमा ५ चौकाको सहयोगमा ३२ रन जोडे । टिम डेबिड १२ बलमा ३०, कप्तान मिचेल मार्श ८ बलमा १४ तथा जोस इङ्ग्लिस ५ बलमा १० रनमा आउट भए । आरोन हार्डी २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रनमा अविजित रहे ।

वेस्ट इण्डिजका अकिल होसेनले ३ तथा अल्जारी जोसेफ र जेसन होल्डरले समान २ विकेट लिए ।

त्यसअघि वार्नर पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले १९।४ ओभरमा सबै विकेट गुमाएर १ सय ७० रन बनायो । वेस्ट इण्डिजका शिमरन हिटमायरले ३१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

शरफन रादरफार्ड १७ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । जेसन होल्डर २०, म्याथ्यु फोर्ड १५ तथा अकिल होसेन र ब्राण्डन किंग समान ११ रनमा आउट भए । अस्ट्रेलियाका बेन ड्वाशुसले ३, नाथन एलिसले २ तथा आरोन हार्डी, सन एबट, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १ विकेट लिए ।

टि ट्वान्टी आई सिरिज अघि भएको ३ टेस्टको सिरिज पनि अस्ट्रेलियाले क्लिन स्विप गरेको थियो ।

The post वेस्ट इन्डिजसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register