‘पैसाको दुरुपयोग बढ्यो, एनजिओ र आइएनजिओमाथि निगरानी बढाउनुपर्छ’- प्रचण्ड 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एनजिओ/आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् । मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताएका छन् । प्रचण्डले एनजिओ र आइएनजिओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक […]

Jul 29, 2025 - 10:11
 0
‘पैसाको दुरुपयोग बढ्यो, एनजिओ र आइएनजिओमाथि निगरानी बढाउनुपर्छ’- प्रचण्ड 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एनजिओ/आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् । मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताएका छन् । प्रचण्डले एनजिओ र आइएनजिओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औँल्याएका छन् । 

त्यस्तै, राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय भएर लागिरहेको बताएका छन् । ‘एउटा वर्ग र तप्क न्वारनदेखिको बल लगाइरहेका छन् । माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरू सक्रिय छन् ।’, उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register