युद्ध अपराधको मुद्दा लाग्याे, प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर अदालत जानुपर्छ : ज्ञानबहादुर शाही

Jun 11, 2023 - 10:02
 0
युद्ध अपराधको मुद्दा लाग्याे, प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर अदालत जानुपर्छ : ज्ञानबहादुर शाही
युद्ध अपराधको मुद्दा लाग्याे, प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर अदालत जानुपर्छ : ज्ञानबहादुर शाही

काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध युद्ध अपराधको मुद्दा लागेकोले उहाँ प्रधानमन्त्रीको कुर्सीमा बस्न नमिल्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा उहाँले प्रधानमन्त्रीको राजीनामा माग गर्नुभयो । सो मुद्दामा दाहाललाई जेठ ३० गते सर्वोच्च अदालतले बोलाएको बताउँदै शाहीले उहाँ प्रधानमन्त्रीको हैसियतले वा व्यक्तिको हैसियतले अदालत जानुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो । 

शाहीले दाहाल विरुद्ध लागेको मुद्दा सामान्य मुद्दा नभएकोले उहाँले प्रधानमन्त्री पदमा बस्ने नैतिक हैसियत गुमाइसक्नु भएको बताउनुभयो । ‘प्रधानमन्त्रीज्यूको विरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ, र सर्वोच्च अदालतमा हाजिर हुन भनेर तारिख पर्चा पनि काटी  सकेको छ’, उहाँले भन्नुभयो । 

शाहीले अपराध देशले गरेको नभई व्यक्तिले गरेको बताउँदै प्रधानमन्त्रीको हैसियतले दाहाल अदालत जान नमिल्ने उहाँले बताउनुभयो । त्यसैले नैतिकताको आधारमा पनि प्रधानमन्त्री पदबाट राजीनामा दिएर उहाँले अदालत जानु पर्ने शाहीको माग छ ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1