कुलमानबारे ऊर्जामन्त्री खड्का : परीक्षामा उपस्थित नहुने विद्यार्थीले नम्बर पाउँछ ?

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले प्रतिनिधि सभामा बिहीबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई किन शून्य अङ्क दिए भन्ने विषयमा जवाफ दिएका छन् । खड्काले भने, “नेपाल सरकारले २०७८ साउन २७ मा घिसिङको नियुक्तिको समयमा कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रावधान राखिएको थियो । यही मूल्याङ्कनका आधारमा पुरस्कृत गर्ने वा निष्कासन गर्ने […]

Mar 6, 2025 - 09:02
 0
कुलमानबारे ऊर्जामन्त्री खड्का : परीक्षामा उपस्थित नहुने विद्यार्थीले नम्बर पाउँछ ?

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले प्रतिनिधि सभामा बिहीबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई किन शून्य अङ्क दिए भन्ने विषयमा जवाफ दिएका छन् ।

खड्काले भने, “नेपाल सरकारले २०७८ साउन २७ मा घिसिङको नियुक्तिको समयमा कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रावधान राखिएको थियो । यही मूल्याङ्कनका आधारमा पुरस्कृत गर्ने वा निष्कासन गर्ने भन्ने विषय तोकिएको थियो ।”

मन्त्री खड्काकाअनुसार घिसिङले भदौ मसान्तसम्म कार्यसम्पादन मूल्याङ्कनका लागि अनुरोध गर्नुपर्ने व्यवस्था रहेको थियो । तर, घिसिङले भदौमा कार्यसम्पादन मूल्याङ्कनका लागि अनुरोध गरेनन् । त्यसपछि असोजमा उनलाई स्मरण गराइएको थियो ।

“उहाँ पुसमा अचानक आफैँले आफ्नो नम्बर दिएर ९८.९९ प्रतिशत अङ्क पाएको भनी मन्त्रालयलाई पेस गर्नुभयो,” मन्त्री खड्काले भने ।

परीक्षामा सहभागी नभएको विद्यार्थीले अङ्क पाउन नसक्ने प्रसङ्गसँग तुलना गर्दै कानुनी प्रावधानअनुसार नै उनलाई शून्य अङ्क दिइएको खड्काले बताए ।

“विद्यार्थी जाँचमा उपस्थिति नभएपछि कति नम्बर पाउनुहुन्छ ? माननीयहरू ले भन्नुपर्‍यो । कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ भनेर । हामीले ल्याएको त्यो व्यवस्था हो र ?,” खड्काले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register