‘नेशनल सोसल वेलफेयर अवार्ड’ कार्यक्रम सम्पन्न

Jun 13, 2023 - 01:24
 0
‘नेशनल सोसल वेलफेयर अवार्ड’ कार्यक्रम सम्पन्न
‘नेशनल सोसल वेलफेयर अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौं -  सिजन मिडियाको आयोजनामा हुने ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२ ’ को अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ  । देश तथा विदेशमा रहेर सामाजिक कार्यमा जुटेर मानव सेवामा सक्रिय सातै प्रदेशका प्रतिनिधि समाजसेवीलाई यस वर्ष पनि सिजन मिडियाले अवार्ड मार्फत सम्मान गरेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री माननीय अमनलाल मोदीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा १४ जना समाजसेवीहरूलाई अवार्ड वितरण गर्नु भएको थियो । 

उक्त अवसरमा यस पटक वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिकमत वादी, कोसी प्रदेशबाट  घुन्सा फाउन्डेसनकी संस्थापक योन्जोम शेर्पा, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय रहनु भएका  रक्तदाता कृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एण्ड अल्कोहल रिहाव सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेस प्रदेशका सामाजिक अभियन्ता प्रकाश थारु छन् । 

त्यसै गरि चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी जेसी मिलन गुरुङ, हेटौँडाका व्यवसायी तथा समाजसेवी लायन अमित कुमार शर्मा, ललितपुरका नेपाल स्नेही काखकी नेहा पोखरेल, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, अन्नपूर्ण आत्मनिर्भर बालाश्रम पोखराकी सञ्चालक शारदा बस्नेतलाई पनि अवार्ड दिइएको थियो ।

त्यसै गरी गोरखाली व्यवसायी तथा समाजसेवी दुर्गा श्रेष्ठ र कास्कीकी बाल सामाजिक अभियन्ता प्रिन्सा रेग्मीसहितलाई तेस्रो संस्करणको ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२’ प्रमुख अतिथिको हातबाट दिइएको थियो ।सामाजिक अभियन्ताहरूको सम्मानले समाजप्रति माया र विश्वास रही रहोस् र दिन दुखी गरिबको सेवामा खटिरहन हौसला होस भन्ने हेतुले उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । 

उक्त कार्यक्रममा वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिकमत वादीलाई वादी बालबालिकाको अध्ययनलाई सहयोग पुगोस भन्ने हेतुले कार्यक्रममा उपस्थित दर्शक तथा आयोजकको तर्फबाट नगद रु ५० हजार पनि सहयोग गरिएको थियो ।  

व्यवसायी तथा समाजसेवी राज्यलक्ष्मी श्रेष्ठले रु ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने वचन दिनु भएको छ भने मिसेस् ब्युटी क्विन नेपाल २०२१ की विजेता लसता शाक्यकी ममतामयी आमा सुलोचना शाक्यबाट रु  १लाख १ हजार रकम दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1