‘भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियो’- प्रचण्ड 

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्टाचार विरुद्धको लडाइ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् । पार्टीको भातृ सङ्गठन वाइसिएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्‌घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाइ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको बताएका हुन् ।  वर्तमान सरकार दलाल, […]

May 12, 2025 - 13:05
 0
‘भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियो’- प्रचण्ड 

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्टाचार विरुद्धको लडाइ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् ।

पार्टीको भातृ सङ्गठन वाइसिएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्‌घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाइ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको बताएका हुन् । 

वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ । ‘म भ्रष्ट्राचारको फाइल खोल्न लागेँ ।’, उनले भने, ‘त्यो अभियान भ्रष्टहरूलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे ।’ 

प्रचण्डले आफूलाई शेरा दरबारसँग जोड्ने गरेको भन्दै उक्त विषयमा पनि छानबिन गर्न र आफ्नो संलग्नता पुष्टि गर्न सरकारलाई चुनौती दिएका छन् । ‘प्रचण्डको शेरा दरबारमा संलग्नता छ भने फाइल खोल्न भनेको थिएँ । तर उनीहरुले हिम्मत गरेनन् ।’, उनले भने, ‘किनकी त्यहाँ मेरो कुनै संलग्नता थिएन ।’

त्यस्तै, प्रचण्डले काँग्रेस-एमालेको बैशाखी नटेकी आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पनि दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register