ग्रिसमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु, सयौँ बेपत्ता

Jun 15, 2023 - 01:44
 0
ग्रिसमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु, सयौँ बेपत्ता
ग्रिसमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु, सयौँ बेपत्ता

रोम । ग्रीसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।  सोही समयमा दुर्घटनापछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ । 

मिडिया रिपोर्टका अनुसार घटना बुधवार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताउनुभयो । डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उहाँले जानकारी दिनुभयो । 

राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरूको खोजी कार्य आजबाट पुनः सुरु गरिने छ । 

सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्छन्। ग्रीसका अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् । अधिकारीहरूका अनुसार डुङ्गा लिबियाको टोब्रुकबाट गएको थियो । 

यसअघि, संयुक्त राष्ट्रसङ्घले ग्रीसको पाइलोसमा डुङ्गा पल्टिएपछि ३२ जनाको शव निकालिएको ट्विट गरेको थियो । खोजी र उद्धार प्रयास जारी छ र धेरै हताहत भएको आशङ्का छ। 

प्रारम्भिक रिपोर्ट अनुसार डुङ्गामा ४ सय जना सवार थिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले डुङ्गा डुबेको घटनालाई भयानक भएको बताउनुभएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1