उपप्राध्यापक प्रेम चलाउनेले स्थगित गरे अनसन

Jun 23, 2023 - 04:32
 0
उपप्राध्यापक प्रेम चलाउनेले स्थगित गरे अनसन
उपप्राध्यापक प्रेम चलाउनेले स्थगित गरे अनसन

काठमाडौँ । अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि  अनसन स्थगित गर्ने भएका छन्।बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आज दिउँसो १ बजेदेखि अनसन स्थगित गर्ने  भएका हुन्।

सर्वोच्चले न्याय दिएकाले अनसन स्थगित गर्न लागेको चलाउनेले बताए।०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा चलाउनेमाथि मरणासन्न हुनेगरी कुटपिट भएको थियो।

नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव  योगेन्द्र रावल, रूपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज  रानामगर र दीपक  ओझाले चलाउनेमाथि कुटपिट गरेको आरोप छ।घटनाको अनुसन्धानपछि  प्रहरीले उनीहरूविरूद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने कसूरमा सजाय हुनुपर्ने दाबीसहितको मुद्दा दायर गरेको थियो।

तर, सरकारले गत जेठ ३० गते उनीहरूविरूद्धको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।  मुद्दा फिर्ता गर्ने निर्णयको विरोध गर्दै अनसन बस्न काठमाडौं जिल्ला अदालत परिसर गएका चलाउने त्यहीँबाट पक्राउ समेत परेका थिए।

चलाउनेले आफूविरूद्ध आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। त्यसयता उनी त्रिवि परिसरमा अनसनरत छन्।बिहीबार उनको रिटमा सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1