अर्थ मन्त्रालय प्रवेशमा कडाइ

काठमाडौं । अर्थ मन्त्रालयले प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्,’ अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पङ्गेनीले भने,‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन […]

May 23, 2025 - 09:38
 0
अर्थ मन्त्रालय प्रवेशमा कडाइ

काठमाडौं । अर्थ मन्त्रालयले प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्,’ अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पङ्गेनीले भने,‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।’

आर्थिक वर्ष २०८२।८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।

यही जेठ १५ गते सङ्घीय संसद्‌को बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्ने छन् ।

-नेपाल न्युज बैङ्क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register