शताब्दी पुरुष डां गौरीशंकरलाल अभिनन्दित ।

Sep 26, 2023 - 10:50
Sep 26, 2023 - 10:52
 0
शताब्दी पुरुष डां गौरीशंकरलाल अभिनन्दित ।
शताब्दी पुरुष डां गौरीशंकरलाल अभिनन्दित ।
शताब्दी पुरुष डां गौरीशंकरलाल अभिनन्दित ।

असोज ९,काठमाडौं । . शताब्दी पुरुष डां गौरीशंकरलाल दासलाई  आज एक समारोहबिच कार्यवाहक प्रधानमन्त्री पुणर् बहादुर खडकाले अधिनन्दन गर्नु भएको छ ।  राजनधानीको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपािलका वडा नं ७ को अगुवाईमा नागरिक मुल समितिले उहाँलाई अभिनन्दन गरेको हो । वि.स. १९८१ साल असोज १० गते नेपालको सिराहा जिल्लाको इनेरवामा उहाँको जन्म भएको हो । उहाँ विगत साठीवर्ष देखि काठमाडौं महानगरपालिकाले  काठमाडौं

महानगरपालिकाको  वडा नं  ७ को  बुद्धङ्ग मार्ग, मित्रपार्क क्षेत्रमा स्थायी रुपले बसोवास गर्दै आउनु भएको छ   । उहाँका दुइ छारो,  दुइ छोरी छन भने श्रीमतीको निधन भइ सकेको छ ।  डां गौरिशंकर लाल दास आधुनिक नेपालका दोस्रो  छाति रोग विशेषज्ञ पनि हुनुहुन्छ । काठमाडौंको पुरानो वीर अस्पतालमा रेसिडेन्ट मेडिकल अफिसरको रुपमा फागुन २००९ सालमा सरकारी प्रवेश गर्नु भएका डां दास अहिले आफनो परिवारसंग सेवानिबृत जीवन यापन गरि रहनु भएको छ । उहाँले सन १९५५  मा भारतको पटना विश्वविद्यालयबाट एमबीबीएस,१९५६ मा बेलायतको वेल्सबाट (Tubercular Disesses Diploma) र सन १९५७ बेलायतकै लण्डन (school of Hygene and Tropical Medicine बाट विशेषज्ञता हासिल गर्नु भएको छ । 
रुपमा स्थापना भएको वि.स. २०१० मा छातीरोगको चिकित्सको रुपमा सेवा प्रवेश गर्नु भयो । डा० जिउले भने अनुसार अहिले जस्तो त्यतिखेर गाडी, टयाक्सी मोटरसाइकल केही थिएन । उहाँ काठमाडौंबाट शुरुमा साइकलमा बुढानिकलकण्ठ जानु हुन्थ्यो र त्यहाँबाट पैदलनै टोखा चेस्ट क्लिनीकमा पुग्नु हुन्थ्यो । र उहाँको साइकल बुढानिकलकण्ठबाट पालेले डोराएर क्लिनिक पुन्याउथो भने फर्कदा उहा ँ साइकलमै काठमाडौ आउनु हुन्थ्यो ।उहाँले सो क्लिनीकमा प्रवेश गर्दा त्यतिखेर पचास बटा मात्रै बिरामीको लागि शैया थियो । त्यही क्लिनिकमा कार्यरत रहदा डा० गौरीशंकर कोलम्बो परियोजना अन्तर्गत सन १९५६ मा बेलायतको बेल्समा उच्च शिक्षा हासिल गर्न जानु भयो । त्यतिखेर बेलायत जाने भारतबाट पनि सिधा हवाई सेवा नभएकाले उहाँ भारतको बम्बईबाट एउटा सानो सानो गाँउ जत्रै पानी हवाजमा पहिलो पटक बेलायत जानु भयो र करिव छब्बीस दिन अनवरत यात्रा पछि उहाँ बेलायत पुग्नु भयो भने उच्च शिक्षा हासिल गरे पछि बम्बई फर्कदा उहाँ दक्षिण अफ्रिकाको केपटाउन हँुदै कबि एकतीसदिनमा बम्बई पुग्नु भएको थियो । त्यहाँ बाट उहाँले  Tubercular Disesses Diploma गर्नु भयो । फेरि उहाँले सन १९५७ मै बेलायतकै लण्डनबाट  school of Hygene and Tropical Medicine  विषयमा उच्च शिक्षा हासिल गर्नु भयो । र नेपाल फर्के पछि पुन आफनो मातृभुमिको सेवामा समर्पित हुनु भयो ।
जनतालाई चिकित्सा सेवा पुन्याउनका साथै उहाले ँ विभिन्न निकायमा पनि सरकारी सेवा दिनु भयो । उहाँ २०३४ सालमा लोकसेवा आयोग खुले पछि वि.स. २०३५ सालमा लोकसेवा आयोगको सदस्यको  रुपमा सेवामा प्रवेश गर्नु भयो । डा० गौरीशंकरले त्यहाँ करिब २०४५ सालसम्म सवेवा गरे पछि उहाँ नेपाल सरकारको विभिन्न निकायमा सेवा गर्नु भयो ।उहाँ वि.स. २०४९ मा तत्कालीन राजा बीरेन्द्रबाट राज परिषदमा सदस्यका रुपमा पनि मनोनीन हुनु भएको थियो । यसैगरी उहाँ राष्ट्रीय मानव अधिकार आयोगको पनि सदस्य भइ सक्नु भएको छ । 


उहाँ बी.पी. कोइराला आखाँ अस्पतालका संस्थापक ट्रस्टी पनि हुनुहुन्छ ।यो संगै उहाँ नेपाल भारत मैत्री समाजका उपाध्यक्ष पनि रहि सक्नु भएको छ भने विभिन्न धार्मिक तथा सामाजिक संस्थामा जोडिनु भएको छ । यो संगै उहाँ जेष्ठ नागरिक महासंघका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । 
देशलाई चिकित्सा क्षेत्रमा योगदान पुन्याए वापत उहाँले वि.स. २०४१ सालमा प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु दोस्रो, वि.सं २०४६ सालमा सुबिक्क्षा त्रिशक्तिपटट आदि विभिन्न सम्मान  प्राप्त गर्नु भएको छ ।
उहाँले रेडियो अन्तबार्तामा बताए अनुसार त्यतिखेर काठमाडौं उपत्याका एकदम सफा हरियाली र बस्न लायक एउटा गाउा जस्तो थियो रे । उहाँ काठमाडौंबाट बुढानिलकण्ठ जाँदा बाटोमा कुनै घरनै थिएन र खाली खेतीयोग्य जमीन थियो रे । पशुपतिनाथको छेउबाटै बग्ने बागमती नदी एकदम सफा थियो रे उहाँको भनाई अनुसार खाली शहर भनेको त्यतिखेर काठमाडौंको न्युरोड क्षेत्रलाई मानिन्थ्यो रे काठमाडौं पुरानो असन बजार पनि अहिले जस्तो भीडबाड थिएन रे ।
अब आगामी सेप्टेम्बर २०२३ मा शताब्दीमा प्रवेश गर्नु हुने डा० गौरीशंकर लाल दास जेष्ठ नागरिकको लागि काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकको लागि जेष्ठ नागरिक चौतारी, जेष्ठ नागरिकहरुलाई दिवा सेवा र जेष्ठ नागरिकहरुलाई पोस्टिकयुक्त दिवा खाजा, जेष्ठ नागरिकहरुलाई घुमफिरको लागि पार्क, छुटटै स्वास्थ्य सेवा उपलब्ध गराउन अनुरोध गर्नु हुन्छ भने साथै जेष्ठ नागरिकहरुलाई अहिले महानगरपालिकाले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिने भए पनि वडाले संभव भए  जेष्ठ नागरिकहरुलाई सो मासिक भत्ता घरघरमा पुन्उनको लागि सुझाव दिनु हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register