फागुन ७ र ओझेलमा परेका कुरा

Jan 25, 2022 - 08:11
 0
फागुन ७ र ओझेलमा परेका कुरा


आजकल फागुन ७ गतेलाई त्यति ठूलो महत्व दिइँदैन । २००७ साल फागुन ७ गते नेपालमा भएको ऐतिहासिक परिवर्तनको महत्व अहिलेको पुस्तालाई त थाहा छैन नै, अघिल्लो पुस्ताले नै पनि विर्सिसक्यो । किनभने त्यसपछि नेपालकोे राजनीतिक इतिहासमा तिनतिन वटा कोशेढुङ्गा खडा भइसकेका छन् ः २०१७ साल, २०४६ साल  र २०६३ साल ।  सन् १८४६ देखि १८५० सम्म चलेको राणा शासनमा कुन राणा कति अनुदारवादी वा सुधारवादी, कति राष्ट्रवादी वा अङ्ग्रेजपरस्त भन्ने विषयको अलग्गै चर्चा हुनुपर्छ । तर एउटा कुरामा प्रायः सबै राणाहरुको विचार समान छ, त्यो हो शासन अधिकार राणा खलकमै सीमित हुनुपर्ने, उत्पादनका साधन र उत्पादित वस्तुमाथि राणा परिवारको एकछत्र नियन्त्रण रहनुपर्ने, नियम कानुन र विधिले होइन व्यक्तिगत सनकका भरमा शासन गर्न पाइरहनु पर्ने, राणाहरुको विरोध गर्न नहुने ।


 यस्तो अवस्थामा मूलतः नेपाली काङ्ग्रेसको सशस्त्र सङ्घर्ष र राजा त्रिभुवनले आन्दोलनकारीलाई साथ र समर्थन दिँदै देखाएको क्रियाशीलताले राणाहरु झुक्नुप¥यो । प्रजातन्त्रको घोषणा भयो । अब प्रजातन्त्रलाई संस्थागत गर्ने र प्रजातान्त्रिक जीवनशैली आत्मसात् गर्ने नेपालीहरुलाई अवसर मिल्यो । सँगसँगै यो चुनौती पनि थियो । 
 २००७ सालमा आएको परिवर्तनका सन्दर्भमा अहिलेसम्म चर्चामा नआएका, सधैं ओझेलमा पारिएका दुई वटा कुरा छन् । पहिलोः स्वेच्छाचारी निरङ्कुश राणा शासनका विरुद्धमा स्थापित पहिलो राजनीतिक दल “प्रचण्ड गोर्खा” हो । राणहरुका विरुद्ध राणाकालमै नेपालमा राजनीतिक सङ्गठन खोल्नु काललाई जिस्काउनु थियो । त्यसो गर्नु आम नेपालीको बुताको कुरा पनि थिएन । तर केही साहसी नेपाली युवाहरु इतिहासका कुन्तरमा भेटिन्छन्, विस्मरणका खाल्डामा पुरिँदै छन्  र कृतघ्न हामीलाई सराप्दै छन् । त्यस्तै साहसी देशभक्त नेपाली सपुतहरुले खोलेको सङ्गठन थियो प्रचण्ड गोर्खा । राणाहरुका विरुद्धमा पहिलो विद्रोही र सहिद भनेर मानिसहरु लखन थापाको नाम लिन्छन् र किवंदन्तीका भर परेर लामालामा वृत्तान्त कहन्छन् । तर ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि गरेको प्रचण्ड गोर्खा र त्यसका नायकहरुको गाथा न कसैले सुनाउँछ न कोही सुन्न तयार छ  । सन् १९३१ मा क्याप्टेन खण्डमानसिंहको नेतृत्वमा गठन गरिएको यस दलमा मैनाबहादुर, खड्गमानसिंह, उमेशविक्रम शाह र रङ्गनाथ शर्मा जस्ता देशभक्तहरु संलग्न थिए । यिनीहरु कुनै न कुनै रुपमा राणाहरुबाट सताइएका, दबाइएका र  शोषण गरिएका स्वाभिमानी सपुत थिए । यिनले अरुले झैं सामन्त राणाहरुको थिचोमिचो पूर्वजन्मको कमाइ भनेर चुपचाप सहेनन् । बरु सङ्गठित भएर त्यसका विरुद्ध काम गर्ने अठोट गरे । त्यसैको परिणाम थियो प्रचण्ड गोर्खा ।


 क्याप्टेन खण्डमानसिंह नेपाली सेनामा जागिरे थिए । पहिलो विश्वयुद्धमा अंग्रेजका तर्फबाट लडेका सिंहसँग धेरै अनुभव र क्षमता थियो । यसै कारण सेनामा र राणाहरुको दरबारमा उनको विशेष प्रतिष्ठा थियो । तर न्यून तलबमा जीविका नचल्ने भएपछि तलब बृद्धिका लागि उनले प्राइम मिनिस्टर भीम शमशेरसँग बिन्ती चढाए । राणाहरु रैतीलाई मान्छे नै गन्दैनथे । पशुवत् व्यवहार गर्थे । त्यसकारण खण्डमानसिंहले पनि भीम शमशेरबाट अत्यन्त अपमानजक गाली खानु प¥यो । उनले सोचे, यस्तो दुव्र्यवहार अरु नेपालीले पनि सहनु पर्दो हो । यो त अति भो ! अब खण्डमानसिंहले जागिरबाट राजिनामा दिए र स्वेच्छाचारी राणाशासन समाप्त गर्न अठोट लिएर प्रचण्ड गोर्खाको गठनमा लागे । 


 अर्का नेता खड्गमानसिंह बस्नेतका बाबुलाई राणा शासकले सरकारी रकम हिनामिना गरेको अभियोग लगाई बाह्र वर्षको कैद सजाय दिएको थियो । त्यस समयमा म्याट्रिक उत्र्तीण गरेका खड्गमानसिंहको भारतीय विद्रोहीहरुसँग सम्पर्क थियो । विपिन बिहारी, कपिलदेव जस्ता उग्र विद्रोहीहरुसँगको साँठगाँठ भएकाले यिनीमाथि राणा शासकले पहिले नै राजद्रोहको अभियोग लगाइसकेका थिए । त्यस कारणले यिनी क्याप्टेन खण्डमानसिंहको दलमा संलग्न भए । तेस्रो महत्वपूर्ण नेता थिए मैनाबहादुर । यिनी पनि भारतको अंग्रेजी सत्ताका विरोधीहरुका क्रियाकलापबाट प्रभावित थिए । नेपालको गरिबी, अशिक्षा, पिछडिएको अवस्थाको जिम्मेवार निरङ्कुश सामन्ती राणाशासन हो र यसको अन्त्य गरेर वास्तविक राजालाई अधिकार दिएर यसमा सुधार ल्याउन सकिन्छ भन्ने यिनको मान्यता थियो । यसरी सङ्गठित दलले भारतीय उग्रवादी बिद्रोही नेताहरुबाट बम र डाइनामाइट प्राप्त गरी तिहारमा प्राइम मिनिस्टरलाई भेट्न आउने सबै रोलवाला राणाहरु एकै ठाउँमा भेला भएको मौका पारी उडाउने योजना बनाए । यसपछि वैधानिक राजतन्त्र कायम गर्ने यिनीहरुको सोच थियो । तर दुर्भाग्यवश यो योजना कार्यान्वयन गर्ने अघिल्लो दिन लक्ष्मण राजाले पोल खोले । परिणामस्वरुप सबै नेता पक्राउ परे । उनीहरुलाई राजा र प्रधानमन्त्रीको गाथ र गादी ताकेको राजद्रोहको अभियोग लगाइयो । इजलासमा कैदी र प्राइम मिनिस्टरबिच कुराकानी हुँदा भीम शमशेरले रुसमा जार शासन हुँदा यस्ता अपराधीलाई फाँसी दिइन्थ्यो भनी डर देखाए तर, यो धम्की काम लागेन । कैदीले उत्तर दिए, जसरी रुसबाट जार शासन समाप्त भयो त्यसरी नै नेपालबाट राणाशासन पनि समाप्त हुने छ । यो सुनेर क्रुद्ध बनेका भीम शमशेरले सबैलाई कोर्रा हान्ने आज्ञा दिए र चार दिनसम्म केही पनि खान नदिई भोकै राखे । तर यी बहादुर सपुतहरु निहुरिएनन् । आखिर फैसला भयो सर्वस्वहरणसहित आजीवन कैद । जेलभित्रको पनि सेलमा सानो पिँजडा जस्तो कोठामा यिनीहरुलाई राखियो । ८० पाउन्ड तौल भएको नेल र हतकडी लगाएर राखिएका उनीहरुलाई कुहिएको मकै खान दिइयो । तर निडर र साहसी सपुतहरुले जेलमा हड्ताल गरे । नेपालको जेलमा यो पहिलो हड्ताल थियो । त्यसपछि चामल त दिइयो तर अपर्याप्त । खानाको अभाव र जेलको प्रतिकूल वातावरणले क्षयरोग लागेर खण्डमानसिंह र मैनाबहादुरको अवसान भयो । ती को थिए ? तिनका परिवार कहाँ थिए ? तिनको अवस्था कस्तो छ ? कि ती निःसन्तान भए ? कसैलाई थाहा छैन, चासो छैन । 


 रंगनाथ शर्मा ३ वर्षपछि जेलबाट छोडिए भने खड्गमानसिंह बस्नेत २००७ सालको परिवर्तनपछि जेलमुक्त भए । यिनै खड्गमानसिंह बस्नेत मातृकाप्रसाद कोइरालाको मन्त्री मण्डलमा स्वतन्त्र व्यक्तिका रुपमा पार्लियामेन्ट मन्त्री बनेका थिए ।
 यसरी राणाहरु विरुद्ध पहिलो राजनीतिक दल प्रचण्ड गोर्खा हिंसामा विश्वास गर्ने एक उग्रवादी संगठन थियो । यद्यपि यसको उद्देश्य चाहिँ परम्परागत शाह राजाको नेतृत्व फिर्ता गर्नु र विधानअनुसार चल्ने शासन प्रणाली स्थापना गर्नु थियो । तर यसका उद्देश्य र सङ्गठनका बारेमा न त राजालाई न त सर्वसाधारणलाई जानकारी थियो । यिनीहरु पक्राउ परेपछि मात्र सामान्य मानिसहरुले जानकारी पाएका थिए । त्यही कुरा अहिले पनि यथावत् छ । तिनको त्याग र समर्पणबारे जानकारी छैन । त्यसपछिका प्रजा परिषद्का सहिदहरु लोकप्रिय छन् । इतिहासमा अभिलेख छ । तर कठै ! प्रचण्ड गोर्खा र तिनका नायकहरु ! आज त्यसरी विस्मरणमा छन् मानौं ती युधीर थापा वा प्रकाश कोविदका उपन्यासका पात्र हुन् । 


 इतिहास  र वर्तमानमा पनि ओझेलमा पारिएको दोस्रो कुरा– २००७ सालमा नेपाली कांग्रेसले देशव्यापी गरेको सशस्त्र आन्दोलनमा तत्कालीन भारतीय समाजवादी नेताहरुको सहयोग रहेको थियो । राममनोहर लोहिया, जयप्रकाश नारायणलगायतका नेतामार्फत नै नेपाली कांग्रेसले बर्माबाट हतियार ल्याएको थियो । महावीर शमशेरको हिमाल एभिएसनको हवाइ जहाजमा ल्याएका ती हतियार पटनामा देवेन्द्रसिंहका घरमा भण्डार गरेको कुरा इतिहासमा पढ्न पाइन्छ । तेस्रो देशबाट ल्याइएका हतियार पटनामा भण्डार गरेको कुरा तत्कालीन नेहरु सरकारलाई थाहा नहुने कुरै थिएन । तर भारतीय कांग्रेस पार्टीको सरकारले पनि नेपाली कांग्रेसका मुक्तिसेनाको भारतीय सीमाभित्रको हतियारसहितको गतिविधि नदेखेको झैं गरेर सहयोग पु¥यायो । यसकारण २००७ सालको क्रान्तिको अगुवाई गर्ने नेपाली कांग्रेस, भारतीय समाजवादी नेताहरुप्रति मात्र होइन नेहरु सरकारप्रति पनि नतमस्तक हुनै प¥यो । समाजवादी नेता राममनोहर लोहियाले नै विपी कोइरालाको नेतृत्वको नेपाली राष्ट्रिय  कांग्रेस र सुवर्ण शमशेर नेतृत्वको नेपाल प्रजातान्त्रिक कांग्रेसलाई मिलाएर नेपाली कांग्रेस बनाउन लगाएका थिए । अतः नेपाली कांग्रेसका नेताहरु भारतीय संस्थापन पक्ष र समाजवादी नेताहरुप्रति ऋणी भएका थिए । त्यो ऋण ज्यादै गह्रौं ब्याजको भारी बोकेर आयो । त्यो अहिलेसम्म हामीले तिरिसकेका छैनौं । 
 डर लाग्दो कुरा अर्को छ । सबै तयारी पूरा भए पनि नेपाली कांग्रेसले सशस्त्र युद्ध सुरु गर्न सकेको थिएन । नेपाली कांग्रेस राजाको नेतृत्वमा वैधानिक शासन स्थापना गर्ने उद्देश्य राख्थ्यो । राजा त्रिभुवन चाहिँ मोहन शमशेरको नियन्त्रणमा थिए । स्यवम् राजा त्रिभुवन आफ्ना सहयोगीमार्फत राजनीतिक दलहरु र भारतीय संस्थापनसँग सम्पर्कमा थिए । विशेष गरी भारतीय प्रधान मन्त्री पं. जवाहरलाल नेहरुले काठमाडौंमा आफ्ना राजदूतमार्फत त्रिभुवनलाई दुई वटा सहयोग पु¥याएका थिए । 
१. काठमाडौंको भारतीय दूतावासमा राजा त्रिभुवनलाई सपरिवार राजनीतिक शरण दिएका थिए । राजा खोस्न बन्दुक बोकेर गएको नेपाली सेनाको सम्मुख राजा त्रिभुवनसहित राजपरिवार सदस्यलाई दुई वटा हेलिकप्टरबाट दिल्ली पु¥याएका थिए । 
२. राजा त्रिभुवनले भारतमा शरण लिएपछि श्री ३ तथा प्राइममिनिस्टर मोहन शमशेरले भारदारी सभामा २५८ भारदारको सही गराएर राजा त्रिभुवनलाई गद्दीच्युत गरी ज्ञानेन्द्रलाई राजा बनाएको निर्णयलाई कुटनीतिक मान्यता दिएनन् । 


 भारतले मान्यता नदिएपछि बेलायत र अमेरिकाले पनि दिएनन् । यसले राजा त्रिभुवनको नेपाल पुनरागमन र गद्दी पुनप्र्राप्तिको प्रत्याभूति ग¥यो । नभन्दै दिल्ली सम्झौता भयो राजा, नेपाली कांग्रेस र राणाहरुको बिचमा । त्यसपछि त्रिभुवन स्वदेश फर्के । फर्कदा नेपालीहरु खुशीले उफ्रिए । नेपाली कांग्रेसको आन्दोलन सफल भयो । नेताहरु गमक्क फुले तर कसैले फुम पाएनन् राजा त्रिभुवनसँग भारतीय नागरिक पनि निजी सचिवका रुपमा भित्रिएको । उसको पहुँच क्याबिनेटको बैठकसम्म थियो धेरैले चाल पाएनन् । प्रजातन्त्रसँगै भारतीय विशेषज्ञ र सल्लाहकारहरु काठमाडौं आए । तिन जना भारतीय विशेषज्ञले सन् १९५१ को अन्तरिम संविधान निर्माण गरिदिए र प्रशासनिक व्यवस्थाको प्रारुप तयार पारिदिए । भारतीय सैनिक अधिकृतहरु नेपाली सेनालाई तालिम दिन थाले । आर्थिक सहयोग भित्रियो । भारतीय सामानको ओइरो लाग्यो । त्रिभुवन राजपथ भारतकै सहयोगमा निर्माण हुनेभयो । हुँदाहुँदा भैरहवामा दिल्ली सम्भौताको विरोध गर्दै आन्दोलन जारी राख्ने डा. केआई सिंहलाई पक्रिन भारतीय सेनालाई अनुरोध ग¥यो नेपाल सरकारले । यति मात्र होइन सन् १९५३ मा केआई सिंहका अनुयायी भीमदत्त पन्तको विद्रोह दबाउन पनि भारतीय सेनालाई बोलाइयो र भारतीय सेनाले नेपालभित्र नेपाली सपुत भीमदत्त पन्तको हत्या ग¥यो । नेपाली राजा र राजनीतिज्ञले भारतीय सेनाको सुरक्षा कवचभित्र आफूलाई सुरक्षित ठाने । यसरी भारतीय विस्तारवादलाई नेपालमा प्रवेश गराइयो । 


 त्यसको परिणाम नेपाल चीन सीमामा १६ वटा भारतीय सैनिक चेक पोस्ट स्थापना गरिए । त्यसैको निरन्तरता हो काठमाडौं वानेश्वरमा भारतीय प्रहरीको कारवाही र पशुपतिनगरदेखि धार्चुलासम्मको अतिक्रमण । त्यसैको निरन्तरता हो चन्द्रशेखरको चाक्सीबारीमा भाषण, त्यसैको अविच्छिन कडी हो कोशी–गण्डकी–महाकाली सन्धि, त्यसैको अटुट शृङ्खला हो दिल्लीको बाह्र बुँदे सहमति । नेपाली कांग्रेसका नरहरि आचार्य, प्रदीप गिरी, गगन थापाहरु  र बामपन्थी नेता र कर्याकर्ता होइन भनिरहून् । तर नेपालको गणतन्त्र पनि त्यसैको निरन्तरता हो । नेपाल सार्वभौम राष्ट्र रहेको र बुद्ध नेपालमा जन्मेको प्रमाणपत्र मोदीजीबाट पाउँदा ताली पड्काउने हातहरु  र खुसी देखाउने दाँतहरु त्यसैका निरन्तरता हुन् ।


 स्मरणीय छ, २००७/८ सालतिर नेपालमा भारतीय सक्रियताको विरोध त्यस बेलाको नेपाल राष्ट्रिय कांग्रेसका सचिव ऋषिकेश शाह र बालचन्द्र शर्माले मात्र गरेका थिए । आज कसले विरोध गर्ने ? जनताको टाउकामा गिर खेलेर मोटाएकाहरु सबै उतैका ऋणी छन् । ब्याज त तिर्नै प¥यो जसरी राजा त्रिभुवनले तिरे, नेपाली कांग्रेसका नेताहरुले तिरे । ब्याज तिर्न नमान्दा राजा वीरेन्द्र र उनको परिवारको के गत भयो ? राजा ज्ञानेन्द्र निर्मल निवास पुगे । नेता मदन भण्डारी त्रिशुलीमा डुबे । 
 देवकोटाको प्रसिद्ध निबन्ध छ — के नेपाल सानो छ ? देवकोटाज्यू नेपाल सानो होइन ठूलो छ । 


 कवि केशव आचार्य थप्छन् — हो कविज्यू ! नेपाल ठूलो छ तर नेपालको दक्षिणतिर नेपालै छिर्ने एउटा ठूलो दुलो छ । 
                                                 
                                                                            

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow