चिनियाँ नागरिक पछिल्लो समय कीर्ते अपराधमा समेत संलग्न

काठमाडौंको टेकुस्थित शुक्रराज अस्पतालबाट वाङ् योङ्ग नाम गरेका चिनियाँ नागरिक विभिन्न नक्कली कागजपत्रसहित पक्राउ परेका हुन्। चिनियाँ नागरिकले त मृत्यु प्रमाणपत्र नै कीर्ते गरेको पाइएको हो । आफू ज्युँदो हुँदाहुँदै पनि मृत्‍यु प्रमाणपत्र बोकेर हिँडेको फेला परेपछि प्रहरीले खोरमा जाँकेको छ।

Feb 17, 2022 - 12:29
 0
चिनियाँ नागरिक पछिल्लो समय कीर्ते अपराधमा समेत संलग्न

नक्कली मृत्यु प्रमाणपत्र बोकी हिँडेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीद्वारा टोलीले उनलाई पक्राउ गरेको हो । ती चिनियाँ नागरिलाई लिखित कागजात तथा सामानसहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनाली जानकारी दिए ।

उनका साथबाट कालो रंगको भिर्ने झोला, वाङ् योङ्ग र सिएओ जेआई नाम गरेका दुई ओटा राहदानी, ग्रिन सिटी अस्पतालको नाममा जारी गरिएको मृत्यु प्रमाणपत्र सहितको कागजात, पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी गरिएको कागजात र ओप्पो कम्पनीको मोबाइल सेट बरामद गरिएको छ ।

घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register