झापाको चाउचाउ उद्योगमा भीषण आगलागी: अर्ब भन्दा बढीको क्षति

झापाको थाई फुड्स उद्योगमा आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । हालसम्म आगो निभाउन १३ वटा दमकल प्रयोग गरिएको छ ।

Feb 12, 2022 - 06:01
 0  28
झापाको चाउचाउ उद्योगमा भीषण आगलागी: अर्ब भन्दा बढीको क्षति

ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ।

उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको उद्योगका सञ्चालक बुद्धि प्रकाश घिमिरेले जानकारी दिए ।

कारखानामा रहेका सबै कच्चा पदार्थ, ब्वाइलर, खाने तेलको ट्याङ्की लगायत सबै संरचना समेत नष्ट हुँदा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको घिमिरेले बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register