रुस र युक्रेनले तत्काल युद्धविराम वार्ता सुरु गर्ने ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुई घण्टा लामो टेलिफोन वार्तालापपछि रुस र युक्रेनले तत्काल युद्धविराम वार्ता सुरु गर्ने बताएका छन् । ट्रम्पले टेलिफोन वार्ता सकरात्मक भएको भन्दै शान्तिका लागि दुई पक्षहरुबीच सर्तहरूमा सहमति हुनुपर्ने बताए। उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि कुराकानी गरेका थिए। ट्रम्पले आशावादी टिप्पणी गरे पनि कुनै […]

May 20, 2025 - 03:12
 0
रुस र युक्रेनले तत्काल युद्धविराम वार्ता सुरु गर्ने ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुई घण्टा लामो टेलिफोन वार्तालापपछि रुस र युक्रेनले तत्काल युद्धविराम वार्ता सुरु गर्ने बताएका छन् ।

ट्रम्पले टेलिफोन वार्ता सकरात्मक भएको भन्दै शान्तिका लागि दुई पक्षहरुबीच सर्तहरूमा सहमति हुनुपर्ने बताए। उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि कुराकानी गरेका थिए।

ट्रम्पले आशावादी टिप्पणी गरे पनि कुनै युद्धविराम वा शान्ति सम्झौता तत्काल हुने सम्भावना भने नदेखिएको बीबीसीले खबर लेखेको छ ।

बीबीसीका अनुसार पुटिनले युक्रेनसँग ‘सम्भावित भविष्यको शान्ति सम्झौतामा ज्ञापनपत्र’ मा काम गर्न तयार रहेको बताएका छन् भने जेलेन्स्कीले निर्णायक क्षणमा अमेरिकालाई वार्ताबाट टाढा नहुन आग्रह गरेका छन् ।

ट्रम्पले पुटिनसँगको कुराकानीप्रति सकारात्मकता व्यक्त गरे पनि शान्ति वार्ता कहिले हुने भन्नेबारे कुनै सङ्केत दिइएको छैन।

जेलेन्स्कीले ‘ज्ञापनपत्र’ बारे आफूसँग कुनै जानकारी नभएको तर रुसीहरूबाट केही प्राप्त भएपछि उनीहरूले ‘त्यस अनुसार आफ्नो दृष्टिकोण तयार गर्न सक्ने’ बताए।

वार्तापछि आफ्नो ट्रुथ सोशल पेजमा लेख्दै ट्रम्पले भने,”रुस र युक्रेनले तत्काल युद्धविराम र युद्धको अन्त्यका लागि वार्ता सुरु गर्नेछन्।” उनले जेलेन्स्कीलाई दोस्रो फोन कलमा यस बारे जानकारी गराएको र त्यसमा अन्य विश्व नेताहरू पनि सहभागी भएको बताए।

रुसले यसअघि पनि मे ८-११ सम्म युद्धविराम घोषणा गरेको थियो । तर किभले यसलाई अस्वीकार गर्दै पुटिनलाई विश्वास गर्न नसकिने र तत्काल ३० दिने युद्धविराम आवश्यक रहेको बताएको थियो।

क्रेमलिनले इस्टरको समयमा पनि ३० घण्टाको युद्धविरामको घोषणा गरेको थियो,तर दुवै पक्षले लडाइँमा कमी आएको बताए पनि एकअर्कामा सयौं उल्लङ्घन गरेको आरोप लगाएका थिए।

फेब्रुअरी २०२२ मा मस्कोले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेदेखि रुस र युक्रेन युद्धमा छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register