प्रविधिको प्रयोग गरी अफवाह फैलाए साइबर ब्युरोले कारबाही गर्ने

प्रविधिको प्रयोग गरी अफवाह फैलाए कारबाही गर्ने भन्दै साइबर ब्युरोले चेतावनी दिएको छ ।

Mar 4, 2022 - 16:13
 0
प्रविधिको प्रयोग गरी अफवाह फैलाए साइबर ब्युरोले कारबाही गर्ने

नेपाल प्रहरीको साइबर ब्युरोले आज एक सूचना निकालेर युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै यस्तो कार्य गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवम् झुटा क्याप्सन राखेर भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवम् अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन गर्ने पाइएकाले त्यस्तो नगर्न सचेत गराएको छ ।

अफवाह फैलाएर व्यक्तिकाे सामाजिक एवम् मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृति देखिएकाले त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register