संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिद्वारा फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिनुभएको छ ।राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले विवादित बन्दै आएको उक्त विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाइएको जानकारी दिनुभयो ।प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा कूल ६ जना हुन्छन् । प्रधानन्यायाधीश, […]

Jul 25, 2025 - 04:18
 0
संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिद्वारा फिर्ता

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिनुभएको छ ।राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले विवादित बन्दै आएको उक्त विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाइएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा कूल ६ जना हुन्छन् । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।

प्रचलित ऐनमा परिषद्को बैठक बस्न गणपूरक संख्या अध्यक्ष र चारजना सदस्य उपस्थिति अनिवार्य हुनुपर्छ । राष्ट्रपति कार्यालय पुगेको विधेयकमा विधेयकमा गणपूरक संख्याका चारवटा अवस्था परिकल्पना गरिएको छ ।संवैधानिक परिषद्मा रहने सदस्यहरूको पद खाली रहन सक्ने अवस्थामा प्रधानमन्त्री बाहेक अर्को एकजना भए तापनि संवैधानिक परिषद्को बैठक बस्न सक्ने र निर्णय गर्नसक्ने परिकल्पनासमेत गरिएकाले त्यो संविधानविपरीत हुने भन्दै राष्ट्रपति कार्यालयले फिर्ता गरिदिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register