डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहित आकर्षक अफरहरू सार्वजनिक

काठमाडौँ । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २०० एमबिपीएस र ३०० एमबिपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै, १२ महिनाको प्याकेज लिँदा ३ महिना […]

Oct 2, 2024 - 07:17
 0
डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहित आकर्षक अफरहरू सार्वजनिक

काठमाडौँ । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २०० एमबिपीएस र ३०० एमबिपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै, १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको छ ।

यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन् । हप्तामा १२ भाग्यशाली विजेताहरूले डिएचआइ होम अप्लायन्सका सामानहरू, आइटेल ए६० स्मार्टफोन, मिभी डुओपोड्स टि२० इयरबड्स,डिशहोम ४के इस्ट्रिमर जस्ता उपहारहरू जित्न सक्नेछन् ।

त्यस्तै, बम्पर लक्की ड्र अन्तर्गत एक भाग्यशाली विजेताले डिएचआइ होम अप्लायन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन् । जसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको छ ।

डिशहोमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ । डिएचआइ होम अप्लायन्सका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, मिभी डुओ पोड्समा ५४ प्रतिशतसम्मको छुट र फायरबोल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिनेछ ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोम इन्टरनेटको तीन महिने वा सो भन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो । आजै आफ्नो नजिकको डिसहोम डिलर्ससँग सम्पर्क गरेर वा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register