बाढीपहिरो पीडितलाई सहयोग जुटाउँदै एनआरएनए यूके, आफ्नै कोषबाट १० लाख दिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरनए) यूकेले बाढीपहिरो पीडितका लागि सहयोग अभियान शुरु गरेको छ । अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमबार बसेको आपतकालीन बैठकले आइसीसीको निर्देशन र सहकार्यमा सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।  उक्त अभियानमा संस्थाको कोषबाट १० लाख रुपैयां सहयोग गर्ने निर्णय पनि बैठकले गरेको महासचिव गोविन्द शर्मा खरेलले नेपालीलिंकलाई जानकारी […]

Oct 2, 2024 - 07:19
 0
बाढीपहिरो पीडितलाई सहयोग जुटाउँदै एनआरएनए यूके, आफ्नै कोषबाट १० लाख दिने


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरनए) यूकेले बाढीपहिरो पीडितका लागि सहयोग अभियान शुरु गरेको छ ।

अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमबार बसेको आपतकालीन बैठकले आइसीसीको निर्देशन र सहकार्यमा सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

उक्त अभियानमा संस्थाको कोषबाट १० लाख रुपैयां सहयोग गर्ने निर्णय पनि बैठकले गरेको महासचिव गोविन्द शर्मा खरेलले नेपालीलिंकलाई जानकारी दिए ।

एनआरएनए यूकेले बेलायतस्थित सबै नेपाली संघसंस्था, समुदाय र नेपालीलाई बाढिपहिरो पीडितका लागि एकवद्ध भएर सहयोग गर्न आव्हान गरेको छ।

अध्यक्ष हित काजी गुरुङ र महासचिव गोविन्द शर्माले एक अपील जारी गर्दै संस्थाको सहयोग अभियानमा आर्थिक सहयोग गर्न अपील गरेका छन् ।

एनआरएनए यूकेले बेलायतस्थित सबै नेपालीको अभिभावक संस्थाको भूमिका निर्वाह गर्दै आएको जनाउँदै महाभूकम्प, कोभिड महामारीलगायत अरु विपतका बेलाजस्तै बाढिपहिरो पीडितका लागि पनि बेलायतबाट प्रभावकारी रुपमा एकमुष्ट सहयोग संकलन र वितरण गरिने प्रतिबद्धता जनाइएको छ ।

एनआरएनए यूकेको अपीलः

Screenshot

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register