प्रतिबन्धित लागु औषधसहित ६ जना पक्राउ

विराटनगर, १६ असोज । मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका-४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले Nitrazepam Tablet -१०० [...] The post प्रतिबन्धित लागु औषधसहित ६ जना पक्राउ appeared first on Jhapa Online.

Oct 2, 2024 - 08:54
 0
प्रतिबन्धित लागु औषधसहित ६ जना पक्राउ

विराटनगर, १६ असोज । मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १५ गते विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका-४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले Nitrazepam Tablet -१०० चक्की सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२-०३-००१ज ०११४ को विङगरलाई चेकजाँच गर्दा गाडीमा सवार त्रियुगा नगरपालिका-१० का २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राईको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामधुनिबाट खटिएको प्रहरी टोलीले रामधुनी-५ का २६ बर्षीय राज भुजेल, ईटहरी-१८ का २५ बर्षीय संदिप राई र बराहक्षेत्र -६ का २९ बर्षीय सन्देश राई समेतलाई स्पासरेस्ट-३०७ क्याप्सुल, ट्रामाडोल-३८ क्याप्सुल, डिकोलिक-१३ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

The post प्रतिबन्धित लागु औषधसहित ६ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register