रोशी खोलाको भीषण बाढीले खण्डहर बन्यो भूमेडाँडा बस्ती… (तस्विरहरु)

काठमाडौँ । लगातारको झरीपछि आएको बाढीका कारण पनौतीको भूमेडाँडा खण्डहर बनेको छ । पानौती नगरपालिका-१२ स्थित रोशी खोला किनारमा रहेको भूमेडाँडा बस्ती खण्डहर बनेको हो । रोशी खोलामा आएको बाढी बस्तीमा पसेपछि बस्तीका अधिकांश घरहरु बाढीले बगाएको छ । घरहरु बाढीले बगाएपछि बस्ती बगरमा परिणत भएको छ भने बाँकी रहेका घरहरु पनि बस्न नमिल्ने अवस्थामा […]

Oct 2, 2024 - 11:25
 0
रोशी खोलाको भीषण बाढीले खण्डहर बन्यो भूमेडाँडा बस्ती… (तस्विरहरु)

काठमाडौँ । लगातारको झरीपछि आएको बाढीका कारण पनौतीको भूमेडाँडा खण्डहर बनेको छ । पानौती नगरपालिका-१२ स्थित रोशी खोला किनारमा रहेको भूमेडाँडा बस्ती खण्डहर बनेको हो ।

रोशी खोलामा आएको बाढी बस्तीमा पसेपछि बस्तीका अधिकांश घरहरु बाढीले बगाएको छ । घरहरु बाढीले बगाएपछि बस्ती बगरमा परिणत भएको छ भने बाँकी रहेका घरहरु पनि बस्न नमिल्ने अवस्थामा छन् । 

बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली र खोला छेउमा रहेका घर, स्कुल, पाटी, पौवा तथा भौतिक संरचनामा पूर्ण रुपमा क्षति गरेको छ । भौतिक संरचनासँगै बाढीले टिप्पर, डोजर लगायतका सवारी साधन पनि बगाएको छ । हाल घर, जग्गा, सम्पत्ति सबै गुमाएका स्थानीयहरु राज्यको राहत र उद्धारको पर्खाइमा छन् । 

तर, बाढीले सबथोक बगाएको ६ दिन बित्दा पनि भूमेडाँडामा राज्यको उपस्थिति नभएको स्थानीयले गुनासो गरेका छन् । बाढीपहिरोमा परी नगरक्षेत्रभित्र २० जनाको निधन भएको पनौती नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार बाढीपहिरोमा परेर नगरपालिका भित्र १ हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने क्षतिको विवरण आउन भने बाँकी छ । तस्विरमा हेर्नुहोस् बाढीले खण्डहरमा परिणत गरेको भूमेडाँडा बस्तीः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register