हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधननजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन्। अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समयअनुसार बिहान ६ः४५ बजे दुर्घटना हुदाँ हेलिकप्टरमा आगो लागेको थियो। दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट […]

Oct 2, 2024 - 11:31
 0
हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं ।

पश्चिमी भारतको पुणे जिल्लाको बावधननजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन्।

अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समयअनुसार बिहान ६ः४५ बजे दुर्घटना हुदाँ हेलिकप्टरमा आगो लागेको थियो।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरूसमक्ष बताएएका छन्। उनले आफूहरु घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गरे।

दुर्घटनामा मृत्यु वरण गरेका तीनैजनालाई निकाली उनीहरूलाई प्रहरीलाई बुझाएको छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register