माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादनका लागि पहल सुरु

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठुलो क्षति पुर्‍याएको थियो । बाँध स्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण […]

Oct 2, 2024 - 12:17
 0
माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादनका लागि पहल सुरु

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ ।

गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठुलो क्षति पुर्‍याएको थियो ।

बाँध स्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट)मा ठुलो क्षति पुगेको छ । कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

डिस्याण्डरमा रहेका दुई वटा पोखरीमा लेदो, गेग्र्यान, ठूल्ठूला ढुङ्गा थुप्रिएका छन् । दुई वटा पोखरी प्रत्येकमा ७५/७५ हजार घन मिटर लेदो, ढुङ्गालगायत थुप्रिएको अनुमान गरिएको छ ।

कन्ट्रोल रुम भवन, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठुलो क्षति पुगेको हो । कन्ट्रोल रूपमा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो । खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुङ्गासमेत खसिरहेको छ ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुल्ला गरिएको थियो  जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली विज्ञ समूहसहित मङ्गलबार आयोजनास्थल पुगी पहिरोले पुर्‍याएको क्षतिका जानकारी लिएको छ ।

टोलीले संरचनाहरूको मर्मत सम्भार गरी विद्युत् गृह सञ्चालन गर्ने विभिन्न विकल्पहरूबारे विज्ञ समूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो । टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बीमा गरिएको राष्ट्रिय बीमा संस्थानका सर्वेयरहरु पनि सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register