महेश बर्ताैलाकाे प्रश्न : मकवानपुरमा मात्रै २ सय बढी गाई लम्पी रोगका कारण मरिसके, सरकारको कान र आँखा छ कि छैन ?

May 23, 2023 - 05:29
 0
महेश बर्ताैलाकाे प्रश्न : मकवानपुरमा मात्रै २ सय बढी गाई लम्पी रोगका कारण मरिसके, सरकारको कान र आँखा छ कि छैन ?
महेश बर्ताैलाकाे प्रश्न : मकवानपुरमा मात्रै २ सय बढी गाई लम्पी रोगका कारण मरिसके, सरकारको कान र आँखा छ कि छैन ?

काठमाडाैं । नेकपा एमालेका सचेतक महेशकुमार बर्ताैलाले लम्पी स्किन राेगकाे नियन्त्रणका लागि सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सचेतक बर्ताैलाले यस विषयमा पटक-पटक कुरा उठाउँदा पनि बेवास्ता गरेकाे भन्दै आपत्ति जनाउनुभयाे ।

यस राेगबाट मकवानपुरमा मात्रै २ सय बढी गाई मरिसकेका, ५ हजार बढी गाई संक्रमित भएका र यस्ताे समस्या देशका धेरै ठाउँमा देखिएकाे भन्दै उहाँले गाईपालक किसानलाई राहत दिन माग गर्नुभयाे । बर्ताैलाले प्रश्न गर्नुभयाे - 'याे सरकारकाे कान र आँखा छ कि छैन ? यदि सरकारकाे कान र आँखा छ भने, याे सदनमा पटकपटक लम्पि स्किन राेगकाबारेमा कुरा राखिएकाे छ,  मकवानपुरमा २ सय बढी गाई यस राेगबाट मरिसके, ५ हजार बढी गाई संक्रमित छन्, देशका धेरै भागमा याे समस्या छ पटकपटक भनियाे सरकार सुन्दैन देख्दै तत्काल याे समस्या समाधान गर्न राेय नियन्त्रका लागि कदम चाल्न र पीडित गाई पालक किसानलाई क्षतिपूर्ति र राहतका लागि माग गर्छु ।'

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1