लागुऔषधसहित १२ जना पक्राउ

विराटनगर, २४ असोज । सुनसरी, झापा र धनकुटाबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साझ अस्थाई प्रहरी चौकी नडाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ का २२ वर्षिय अनिल बि.क, २३ बर्षीय कन्चन राई, २२ बर्षीय संदिप राई, २५ वर्षिय करण राई, २३ वर्षिय आकाश राई, २२ वर्षिय अस्मिन राई, २४ वर्षिय हेमन राईलाई TRAMADOL ३०५ पिस र DECOLIC २१० पिस सहित नियन्त्रणमा लिएको छ भने ईलाका प्रहरी कार्यालय धरानले धरान [...] The post लागुऔषधसहित १२ जना पक्राउ appeared first on Jhapa Online.

Oct 10, 2024 - 07:34
 0
लागुऔषधसहित १२ जना पक्राउ

विराटनगर, २४ असोज । सुनसरी, झापा र धनकुटाबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २३ गते साझ अस्थाई प्रहरी चौकी नडाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ का २२ वर्षिय अनिल बि.क, २३ बर्षीय कन्चन राई, २२ बर्षीय संदिप राई, २५ वर्षिय करण राई, २३ वर्षिय आकाश राई, २२ वर्षिय अस्मिन राई, २४ वर्षिय हेमन राईलाई TRAMADOL ३०५ पिस र DECOLIC २१० पिस सहित नियन्त्रणमा लिएको छ भने ईलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका- १५ परिवर्तित मार्ग स्थितबाट धरान उपमहानगरपालिका- १५ का २८ वर्षिय राजु थापा र २८ वर्षिय अभिशेक मगरको साथबाट ९ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ  ।

त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाले इलाम नगरपालिका- ९का ३२ बर्षीय दिपेन्द्र राणा मगरलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका-७ त्रिबेणी स्थितबाट छथरजोरपाटी गाउपालिका-४ का २६ निर्मल बिश्वकर्मा र धनकुटा नगरपालिका-७ का ३१ बर्षीय बिजय मल्लिकलाई २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर, ट्रामानिल-१४ क्याप्सुल, स्पास्मो-१५ ट्याव्लेट र TRAMAN50 ४ क्याप्सुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

The post लागुऔषधसहित १२ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register