शिक्षाको १२ औं साधारण सभा सम्पन्न : उत्कृष्टलाई सम्मान

बिर्तामोड, १६ असोज । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाको सम्पन्न भएको छ । संस्थाको आज बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणीकरण भेलासँगै १२ औं साधारण सभा सम्पन्न भएको हो । गत असोज ९ गतेदेखि इकाइगत साधारण सभा शुरु भएको संस्थाको आज अन्तिम माइन्युट प्रमाणीकरण गरिएको छ । छ वटा इकाइगत [...] The post शिक्षाको १२ औं साधारण सभा सम्पन्न : उत्कृष्टलाई सम्मान appeared first on Jhapa Online.

Oct 2, 2024 - 15:10
 0
शिक्षाको १२ औं साधारण सभा सम्पन्न : उत्कृष्टलाई सम्मान

बिर्तामोड, १६ असोज । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाको सम्पन्न भएको छ ।

संस्थाको आज बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणीकरण भेलासँगै १२ औं साधारण सभा सम्पन्न भएको हो । गत असोज ९ गतेदेखि इकाइगत साधारण सभा शुरु भएको संस्थाको आज अन्तिम माइन्युट प्रमाणीकरण गरिएको छ । छ वटा इकाइगत साधारण सभाबाट छनोट भएका १४ जना सेयर सदस्यले अन्तिम माइन्युट प्रमाणीकरण गरेका हुन् ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य केशव बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै सञ्चालक सदस्य बस्नेतले सहकारी क्षेत्रमा निरन्तर प्रहार भइरहेकाले त्यस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । एउटा सदस्यको बचत अर्को सदस्यले ऋण पाउने भएकाले ऋणी सदस्यले नियमित ऋण तिर्नुपर्ने बताउँदै उहाँले भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट कर्जा कारोबार गर्ने सेयर सदस्य विष्णुमाया मादेन, आवधिक बचतकर्ता पुष्पलाल निरौला, शिक्षा बचत कर्ता सेविना दर्जीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीद्वय आशिष राई र संगीता सिलवाल तथा उत्कृष्ट सेयर प्रबद्र्धक छविलाल घिमिरेलाई सम्मान गरियो ।

यस्तै, गत वर्षको एसईईमा उत्कृष्ट अंक हासिल गर्ने अंशकुमार खतिवडा, कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने अनुपराज बराल र लिजा घिमिरेलाई सम्मान गरियो । उहाँहरुलाई प्रमुख अतिथि बस्नेत, संस्थाका अध्यक्ष न्यौपाने, सल्लाहकार समिति संयोजक सावित्राकुमारी लिम्बू, सल्लाहकार सदस्य लीला बराल, संस्थाका उपाध्यक्ष हेमराज मिश्र लगायतले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

सभामा अध्यक्ष न्यौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन र ऋण उपसमिति संयोजक हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको गत आवको शेयर पुँजी तीन करोड ५५ लाख १० हजार तीन सय रुपैयाँ, कोष हिसाबमा दुई करोड २० लाख एक हजार ६९ रुपैयाँ ४७ पैसा, संस्थाको शेयर लगानी ३४ लाख १९ हजार दुई सय रुपैयाँ, ऋण लगानी १८ करोड २० लाख पाँच हजार नौ सय ८३ रुपैयाँ ५९ पैसा, बचत संकलन १८ करोड ५१ लाख ४१ हजार चार सय रुपैयाँ २२ पैसा र संस्थागत ऋण ६३ लाख २५ हजार नौ सय ३२ रुपैयाँ ३७ पैसा उल्लेख छ ।

गत आर्थिक वर्षमा तीन करोड ९८ लाख ३० हजार तीन सय ८२ रुपैयाँ ३२ पैसा जम्मा आम्दानी गरेको संस्थाले चालु आर्थिक वर्ष ०८१÷०८२ मा चार करोड ९६ लाख ४६ हजार सात सय ७६ रुपैयाँ जम्मा आम्दानी गर्ने लक्ष्य लिएको छ । संस्थाको गत आर्थिक वर्षको नाफा १५ लाख ५७ हजार छ सय ६६ रुपैयाँ २१ पैसा रहेको छ ।

संस्थाका सञ्चालक समिति सदस्य चिजा राईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव सूर्यकुमार खतिवडाले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति, कर्मचारी र शेयर सदस्यको बाक्लो उपस्थिति रहेको थियो ।

तस्वीर : विष्णु श्रेष्ठ (कुल)

The post शिक्षाको १२ औं साधारण सभा सम्पन्न : उत्कृष्टलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register