भूतपूर्व सैनिक संघ झापा–२ को कार्यालय उद्घाटन

बिर्तामोड, १८ असोज । झापाको बिर्तामोडमा अवकाशप्राप्त नेपाली सेनाका सदस्यले कार्यालय स्थापना गरेका छन् । आज एक कार्यक्रमका बीच सामाजिक व्यक्तित्व तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कार्यालयको उद्घाटन गरे । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, २ नम्बर क्षेत्रीय कार्यसमिति, झापाको उक्त कार्यालयको उद्घाटनसँगै संस्थाको झन्डोत्तलन पनि प्रमुख अतिथि रहेका गुरुङले गरेका थिए । [...] The post भूतपूर्व सैनिक संघ झापा–२ को कार्यालय उद्घाटन appeared first on Jhapa Online.

Oct 4, 2024 - 14:30
 0
भूतपूर्व सैनिक संघ झापा–२ को कार्यालय उद्घाटन

बिर्तामोड, १८ असोज । झापाको बिर्तामोडमा अवकाशप्राप्त नेपाली सेनाका सदस्यले कार्यालय स्थापना गरेका छन् ।

आज एक कार्यक्रमका बीच सामाजिक व्यक्तित्व तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कार्यालयको उद्घाटन गरे । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, २ नम्बर क्षेत्रीय कार्यसमिति, झापाको उक्त कार्यालयको उद्घाटनसँगै संस्थाको झन्डोत्तलन पनि प्रमुख अतिथि रहेका गुरुङले गरेका थिए ।

संघका अध्यक्ष रामबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङ, स्थानीय टोल विकास संस्थाकी अध्यक्ष जानुका थापा मगर लगायतले शुभकामना व्यक्त गरेका थिए । संघका सचिव कान्तिबहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रममा तिलराज भूर्तेलले स्वागत गरेका थिए । संघको कार्यालका लागि अध्यक्ष खत्रीले कोठा उपलब्ध गराएका हुन् ।

The post भूतपूर्व सैनिक संघ झापा–२ को कार्यालय उद्घाटन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register