६ जना बंगलादेशीको गेस्ट हाउसबाट उद्धार

काठमाडौं । युरोपेली मुलुक लैजाने भन्दै चार महिनाअघि नेपाल आएका ६ जना बंगलादेशी नागरिकलाई एउटा गेस्ट हाउसबाट उद्धार गरी प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ। काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल न्यु डिलाइट एन्ड लजमा बंगलादेशी नागरिक दिपु भन्ने एसके महवुलले ती बंगलादेशी नागरिकलाई नेपाल ल्याएका थिए। महबुलले बंगलादेशी नागरिक एमडी रहिम कोन्डोर, साकिव अहमद, एमडी तुहिनुर […]

Oct 3, 2024 - 02:19
 0
६ जना बंगलादेशीको गेस्ट हाउसबाट उद्धार

काठमाडौं ।

युरोपेली मुलुक लैजाने भन्दै चार महिनाअघि नेपाल आएका ६ जना बंगलादेशी नागरिकलाई एउटा गेस्ट हाउसबाट उद्धार गरी प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल न्यु डिलाइट एन्ड लजमा बंगलादेशी नागरिक दिपु भन्ने एसके महवुलले ती बंगलादेशी नागरिकलाई नेपाल ल्याएका थिए। महबुलले बंगलादेशी नागरिक एमडी रहिम कोन्डोर, साकिव अहमद, एमडी तुहिनुर इस्लाम, अनिक दुलाल, हुसेन मुन्सी र सम्राट बोइद्य रायनलाई नेपाल ल्याएका थिए।

महबुलले उनीहरूलाई नेपालबाट युरोपियन मुलुक जान सजिलो हुने भन्दै नेपाल ल्याएका उनीहरूलाई ४ महिनासम्म पनि कतै लैजान नसकेपछि पीडित ती बंगलादेशी नागरिकले प्रहरीलाई खबर गरेका थिए।

केही दिनमा नै युरोप उड्ने सपना बोकेर नेपाल आएका ती बंगालदेशी नागरिकले नेपालमा बस्ने भिसाको म्याद गुजारेपछि प्रहरीले उनीहरूलाई होटलबाट उद्धार गरी अध्यागमन कार्यालयको जिम्मा लगाएको छ।

मोटो रकम लिएर नेपाल ल्याइएका ती बंगलादेशी नागरिकलाई बंगाली दलाल महबुलले होटलमा छोडेर फरार भएका थिए । युरोपेली मुलुक अल्बानिया, साइप्रस, लिथुनिया तथा सर्बियालगायतका मुलुक पठाउने भन्दै नेपाल ल्याएर अलपत्र पारेर दलाल भागेपछि उनीहरू नेपाल प्रहरीलाई खबर गर्न बाध्य भएका थिए ।

पीडित ती बंगलादेशी नागरिकले युरोपियन मुलुक जाने प्रलोभनमा परेर घर खेत नै बिक्री गरेर दलाललाई पैसा बुझाएका थिए । अहिले दलाल नै फरार भएपछि अलपत्र परेका ती बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी अध्यागमन कार्यालयको जिम्मा लगाएपछि कसरी आफ्नो देश फर्कने भन्ने चिन्ताले सताएको छ ।

अब बंगलादेशसम्म जाने भाडासमेत नभएका ती बंगलादेशीहरू घरबाट पैसा मगाएर फर्कने तयारी गरेका छन्। कतिपय ती नागरिकहरू घर फर्कन सक्ने अवस्थामा समेत नरहेको प्रहरीले जानकारी दिएको छ।

साहुसँग ऋण लिएर आएका साविक अहमद आफू घर फर्कन सक्ने अवस्था नरहेको बताएका छन्। साकिव भन्छन्– ‘म नेपालबाट फर्केर बंगलादेश पुग्नासाथ साहुले मसँग पैसा फिर्ता माग्छ मैले कसरी तिर्ने।’ उनको जस्तै अन्य पीडितको पनि अवस्था रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register