एयरलाइन्सहरुले करोडौँ ‘लुटिसकेपछि’ २६५ रुपैयाँ घटाइयो हवाई भाडा, विपतमा लुटेर जनताको आँखामा छारो !

काठमाडौँ । वायुसेवा कम्पनीहरुले आन्तरिक हवाई भाडा घटाएका छन् । इन्धनको नयाँ मूल्यसूची सार्वजनिक गर्दै नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ६ रुपैयाँ (प्रतिलिटर)ले घटाएसँगै हवाई भाडा पनि सस्तिएको हो ।  हाल निगमले हवाई इन्धनको मूल्य १३२ रुपैयाँबाट घटाएर १२६ रुपैयाँ कायम गरेको छ ।  हवाइ इन्धनको मूल्य प्रतिलिटरमै ६ रुपैयाँ घट्दा वायुसेवा कम्पनीहरुले इन्धनबापत […]

Oct 3, 2024 - 05:01
 0
एयरलाइन्सहरुले करोडौँ ‘लुटिसकेपछि’ २६५ रुपैयाँ घटाइयो हवाई भाडा, विपतमा लुटेर जनताको आँखामा छारो !

काठमाडौँ । वायुसेवा कम्पनीहरुले आन्तरिक हवाई भाडा घटाएका छन् । इन्धनको नयाँ मूल्यसूची सार्वजनिक गर्दै नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ६ रुपैयाँ (प्रतिलिटर)ले घटाएसँगै हवाई भाडा पनि सस्तिएको हो । 

हाल निगमले हवाई इन्धनको मूल्य १३२ रुपैयाँबाट घटाएर १२६ रुपैयाँ कायम गरेको छ । 

हवाइ इन्धनको मूल्य प्रतिलिटरमै ६ रुपैयाँ घट्दा वायुसेवा कम्पनीहरुले इन्धनबापत लाग्ने शुल्क कम गरेसँगै आन्तरिक गन्तव्यको हवाई टिकटको मूल्य पनि घटेको छ । वायुसेवा कम्पनीहरुले सार्वजनिक गरेको नयाँ हवाई भाडादर अनुसार हवाई भाडादर अधिकतम २ सय ६५ रुपैयाँसम्म घटेको छ ।

जसमध्ये सबैभन्दा धेरै भैरहवा-भद्रपूर, जनकपुर-नेपालगञ्ज, काठमाडौँ-धनगढीको भाडा २ सय ६५ रुपैयाँसम्मले घटेको छ । 

त्यस्तै, माउन्टेन फ्लाइटको भाडादर २ सय ५ रुपैयाँ, काठमाडौँदेखि भद्रपुर १ सय ८० रुपैयाँ, विराटनगर १ सय ४५ रुपैयाँ, जनकपुर ७५ रुपैयाँ, भरतपुर ६५ रुपैयाँ, पोखरा ९५ रुपैयाँ, भैरहवा १ सय २० रुपैयाँ, नेपालगञ्ज १ सय ९५ रुपैयाँ, तुम्लिङटार १ सय १० रुपैयाँ, सिमरा ५० रुपैयाँ, सुर्खेत २ सय ५ रुपैयाँ र राजबिराज १ सय २५ रुपैयाँले घटेको छ । 

तर, हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडादर सस्तिए पनि नागरिहरुले भने भाडादर घटेको महसुस भने गर्न पाएका छैनन् । दशैँको मुखमा हवाई उडानको भाडादर दोब्बरले बढेपछि नागरिहरुले भाडादर सस्तिएको महसुस गर्न नपाएको गुनासो गरेका छन् । अधिकांश यात्रुहरुले वायुसेवा कम्पनीहरुले हाल हवाई टिकटमा घटाएको भाडा हात्तीको मुखमा जिराजस्तै भएको प्रतिक्रिया दिएका छन् । 

अर्कोतर्फ दशैँको मुखमा विपत्ति आइपरेपछि अधिकांश नागरिकले अग्रिम टिकट बुक गरिसकेका छन् । नागरिकबाट करोडौँ लुटिसकेपछि २६५ रुपैयाँ घटाउनुले खास अर्थ नराख्ने यात्रुहरुको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register