मस्कले ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन दिएको खुलासा

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर दान गरेको खुलेको छ । सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो । सरकारी अनुसन्धानमा खुलासा भएको जानकारीअनुसार मस्कले ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका […]

Oct 16, 2024 - 08:53
 0
मस्कले ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन दिएको खुलासा

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर दान गरेको खुलेको छ ।

सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो । सरकारी अनुसन्धानमा खुलासा भएको जानकारीअनुसार मस्कले ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका हुन् ।

मस्कले जुलाईमा आक्रमणपछि ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए । तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ ।

हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा मस्क पनि सहभागी थिए । यो त्यही ठाउँ हो, जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो ।

अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन् । रिपब्लिकन पार्टीले ट्रम्पलाई उम्मेदवार घोषणा गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register