पर्यावरण अभियन्ता सोनाम वाङ्गचुक रिहा

काठमाडौं । लद्दाखकी वातावरणीय कार्यकर्ता सोनाम वाङ्गचुक रिहा भएका छन् । दिल्ली प्रवेश गर्ने क्रममा सिँघु सीमामा रोकेर हिरासतमा राखिएका वाङ्गचुक ३६ घण्टापछि बुधबार रिहा भएकी हुन् । उनले वातावरणसँग सम्बन्धित सन्देश धेरैभन्दा धेरै मानिसहरूमा पुगेकोले आफू खुसी भएको बताएकी छन् । लद्दाखलाई पूर्ण राज्यको दर्जा र संविधानको छैठौं अनुसूचीमा समावेश गर्न माग गर्दै वाङ्गचुक […]

Oct 3, 2024 - 06:57
 0
पर्यावरण अभियन्ता सोनाम वाङ्गचुक रिहा

काठमाडौं । लद्दाखकी वातावरणीय कार्यकर्ता सोनाम वाङ्गचुक रिहा भएका छन् । दिल्ली प्रवेश गर्ने क्रममा सिँघु सीमामा रोकेर हिरासतमा राखिएका वाङ्गचुक ३६ घण्टापछि बुधबार रिहा भएकी हुन् ।

उनले वातावरणसँग सम्बन्धित सन्देश धेरैभन्दा धेरै मानिसहरूमा पुगेकोले आफू खुसी भएको बताएकी छन् । लद्दाखलाई पूर्ण राज्यको दर्जा र संविधानको छैठौं अनुसूचीमा समावेश गर्न माग गर्दै वाङ्गचुक लेहबाट पैदल दिल्ली पुगेका थिए ।

बुधबार गान्धी जयन्तीको अवसर पारेर रिहाइपछि पत्रकारहरूसँग कुरा गर्दै वाङ्गचुकले वातावरणलाई क्षति हुनबाट जोगाउन जनताले सरल जीवनशैली अपनाउनुपर्ने बताएका छन् ।

वाङ्गचुकले भनेका छन्, ‘हामीले सरकारलाई ज्ञापनपत्र बुझाएका छौं र हिमालय पहाड बचाउन संवैधानिक प्रावधानअनुसार लद्दाखको संरक्षण गर्न अनुरोध गरेका छौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register