पलेशाले पाउने पुरस्कारमा कर छुट गर्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौं । पारालिम्पिक्स पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पाउने पुरस्कारवापतको ६५ लाख रुपैयाँमा कर छुट हुने भएको छ । बुधबार साँझ पलेशासँग भएको भेटपछि प्रधानमन्त्री ओलीले पलेशालाई सरकारले दिने पुरस्कारमा लाग्ने कर छुट दिने घोषणा गरेका हुन् । बुधबार स्वदेश फर्किएकी पलेशाले साँझ प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । उनले फ्रान्सको पेरिसमा गत शनिबार पारालिम्पिक्सको के […]
काठमाडौं । पारालिम्पिक्स पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पाउने पुरस्कारवापतको ६५ लाख रुपैयाँमा कर छुट हुने भएको छ ।
बुधबार साँझ पलेशासँग भएको भेटपछि प्रधानमन्त्री ओलीले पलेशालाई सरकारले दिने पुरस्कारमा लाग्ने कर छुट दिने घोषणा गरेका हुन् ।
बुधबार स्वदेश फर्किएकी पलेशाले साँझ प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।
उनले फ्रान्सको पेरिसमा गत शनिबार पारालिम्पिक्सको के ४४ क्याटेगोरी ५७ केजीमा कांस्य जितेकी थिइन् ।
What's Your Reaction?