हिजबुल्लाहका १५ सदस्य मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायलले हिजबुल्लाहका १५ सदस्य मारिएको दाबी गरेको छ । लेबनानको दक्षिणी क्षेत्रस्थित बिन्त जबीलमा गरेको आक्रमणमा हिजबुल्लाहका १५ सदस्यको मृत्यु भएको इजरायली सेनाको दाबी छ । रातभरी आफ्नो युद्धविमानले हिजबुल्लाहका सदस्य सक्रिय रहेको बिन्त जबीलको नगरपालिका भवनमा हमला गरेको इजरायल रक्षा बल आईडीएफले जनाएको छ । सो भवनमा भारी मात्रामा हिजबुल्लाह हतियार राखिएको […]

Oct 3, 2024 - 10:25
 0
हिजबुल्लाहका १५ सदस्य मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायलले हिजबुल्लाहका १५ सदस्य मारिएको दाबी गरेको छ ।

लेबनानको दक्षिणी क्षेत्रस्थित बिन्त जबीलमा गरेको आक्रमणमा हिजबुल्लाहका १५ सदस्यको मृत्यु भएको इजरायली सेनाको दाबी छ ।

रातभरी आफ्नो युद्धविमानले हिजबुल्लाहका सदस्य सक्रिय रहेको बिन्त जबीलको नगरपालिका भवनमा हमला गरेको इजरायल रक्षा बल आईडीएफले जनाएको छ । सो भवनमा भारी मात्रामा हिजबुल्लाह हतियार राखिएको पनि इरायलले दाबी गरेको छ ।

इजरायली सेनाले हतियार संग्रहस्थल र अवलोकन चौकीलगायत लेबनानस्थित २०० भन्दा बढी हिजबुल्लाहका स्थानलाई निशाना बनाएको छ । यसअघि लेबनानका अधिकारीहरुले इजरायली हवाई आक्रमणमा परी ६ जनाको मृत्यु भएको बताएको थियो ।

बिहीबार नै केही सिमित संख्याका चार्टर विमान भने लेबनानबाट बेलायत उड्ने तालिका रहेको छ । बुधबार १५० बेलायती नागरिक र तीनका डिपेन्डन्ट्सले चार्टर विमानमा लेबनान छाडेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register