९ यात्रु रहेको विद्युतीय माइक्रो घरभित्र छिर्‍यो

दाङ । तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा।प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवामा एक घरभित्र छिरेको हो । सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको प्रहरीले […]

Oct 6, 2024 - 11:17
 0
९ यात्रु रहेको विद्युतीय माइक्रो घरभित्र छिर्‍यो

दाङ । तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा।प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवामा एक घरभित्र छिरेको हो ।

सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए ।

गाडीमा ९ जना यात्रारत थिए । घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register