तीन महिनाको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा, न्यूनतम र अधिकतम तापक्रम पनि उच्च रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर, २०२४)को अवधिको हावापानीको पूर्वानुमान सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको पूर्वानुमानअनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराएको छ । कर्णाली प्रदेशका मध्य तथा […]

Oct 8, 2024 - 02:13
 0
तीन महिनाको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा, न्यूनतम र अधिकतम तापक्रम पनि उच्च रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर, २०२४)को अवधिको हावापानीको पूर्वानुमान सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको पूर्वानुमानअनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराएको छ ।

कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू–भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भू–भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भू–भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरिएको हो ।

वर्षाको पूर्वानुमान

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

कोशी प्रदेशको उत्तरी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भू–भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिसत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू–भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत र देशका बाँकी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

अधिकतम तापक्रम

यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।

बागमती प्रदेशको मध्य तथा दक्षिणी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भू–भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भू–भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भू–भागमा अधिकतमतापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।

कोशी प्रदेशका मध्य भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र बागमती प्रदेशका उत्तरी भू–भाग मा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रम

न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भाग, बागमती प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतरहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register