सिमानामा गोली चलाउँदा नेपालीसहित ६ जनाकाे मृत्यु, १२ जना घाइते

काठमाडाैं । मेक्सिको र ग्वाटेमालाको सिमानामा नेपालीसहित ६ आप्रवासी मारिएका छन्। मेक्सिकोको चियपसस्थित हुक्स्लामा ३३ जना आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो। मेक्सिकोको रक्षा विभागले त्यसरी गोली चल्दा नेपाल, भारत र पाकिस्तानका सहित ६ जना मारिएको सार्वजनिक गरेको समाचार एशोसियटेड प्रेसलाई उद्धृत गर्दै भारतीय अखबार द हिन्दुस्तान टाइम्सले लेखेको […]

Oct 3, 2024 - 11:12
 0
सिमानामा गोली चलाउँदा नेपालीसहित ६ जनाकाे मृत्यु, १२ जना घाइते

काठमाडाैं ।

मेक्सिको र ग्वाटेमालाको सिमानामा नेपालीसहित ६ आप्रवासी मारिएका छन्।

मेक्सिकोको चियपसस्थित हुक्स्लामा ३३ जना आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो।

मेक्सिकोको रक्षा विभागले त्यसरी गोली चल्दा नेपाल, भारत र पाकिस्तानका सहित ६ जना मारिएको सार्वजनिक गरेको समाचार एशोसियटेड प्रेसलाई उद्धृत गर्दै भारतीय अखबार द हिन्दुस्तान टाइम्सले लेखेको छ।

मारिनेहरुको पहिचान भने खुलाइएको छैन। बुधबार ३३ जना सवार ट्रक दुई जना मेक्सिकन सैनिकले गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएका थिए।

घाइतेमध्ये २ जनाको पछि मृत्यु भएको थियो। अन्य १७ जना भने सुरक्षित रहेको भनिएको छ। साेही बाटो हुँदै अवैध वस्तु तस्करी हुने गरेको र त्यसमा आप्रवासीहरूलाई समेत प्रयोग गर्ने गरेको भेटिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register