जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-१४ बनकट्टीस्थित अमर सिंह कुँवरको कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ४ सय ७० रूपैयाँ र १ बुक सहित पक्राउ गरेको हो । […]

Oct 3, 2024 - 11:23
 0
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

काठमाडौं ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१४ बनकट्टीस्थित अमर सिंह कुँवरको कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ४ सय ७० रूपैयाँ र १ बुक सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँबसपार्कस्थित ४० वर्षीय बोधधन रोकाको कुमारी होटलमा जुवातास खेलिरहेको अवस्थामा रोका समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ४ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register