बढी भाडा असुल्ने सवारीमाथि कारबाही 

काठमाडौं । धादिङमा बढी भाडा असुल्ने सार्वजनिक सवारी साधनमाथि धमाधम कारबाही गर्न थालिएको छ। यात्रुसँग निर्धारितभन्दा बढी भाडा लिएर ठगी गरेको गुनासो बढेपछि त्यस्ता सवारी साधनमाथि कारबाही थालिएको हो। विपद्को समयमा राहत दिनु पर्नेमा नागरिकहरूलाई विभिन्न बहानामा कानुन विपरीत भाडा असुल गरेको पाइएपछि दुई वटा सवारी साधनलाई कारबाही गरिएको छ। ग्रामीण यातायात धादिङको बा ५ ख […]

Oct 3, 2024 - 04:12
 0
बढी भाडा असुल्ने सवारीमाथि कारबाही 

काठमाडौं ।

धादिङमा बढी भाडा असुल्ने सार्वजनिक सवारी साधनमाथि धमाधम कारबाही गर्न थालिएको छ। यात्रुसँग निर्धारितभन्दा बढी भाडा लिएर ठगी गरेको गुनासो बढेपछि त्यस्ता सवारी साधनमाथि कारबाही थालिएको हो।

विपद्को समयमा राहत दिनु पर्नेमा नागरिकहरूलाई विभिन्न बहानामा कानुन विपरीत भाडा असुल गरेको पाइएपछि दुई वटा सवारी साधनलाई कारबाही गरिएको छ। ग्रामीण यातायात धादिङको बा ५ ख ५७ नम्बरको यात्रुवाहक बसलाई १० हजार र चितवन काठमाडौं चल्ने लामा ट्राभल्सको ग १ ख ५५९२ को यात्रु बसलाई २० हजार जरिवाना गरिएको जिल्ला प्रसाशन कार्यालय धादिङले जनाएको छ ।

उनीहरूले टिकट नकाटी यात्रु चढाएको, भाडा दर नटाँसेको, तोकिएको भन्दा बढी भाडा लिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि कारबाही गरिएको हो । जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा अनुगमन गरिएको छ। अनुगमन टोलीले बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मा रहेको पिस हेभन रेष्टुरेन्ट एण्ड गेष्ट हाउस एण्ड रिसोर्टलाई पनि कारबाही गरेको छ।

सरसफाइ नभएको, खानेकुरा छोपेर नराखेको, भाडामा झिँगा भन्केको, फोहोर भएको पाइएपछि उक्त  रिसोर्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ (क) अनुसार २० हजार जरिवाना गरिएको जिल्ला अनुगमन समितिका सदस्य सचिव चुडामणि पुरीले जानकारी दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register