भक्तपुरका नेवारले पञ्चाङ्ग निर्णायक निर्णय मानेनन्, आजै फूलपाती भित्र्याए

भक्तपुर । भक्तपरका नेवार समदायले आजै फूलपाती भित्र्याएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा फूलपाती भित्र्याइएको हो । नेवारी परम्पराअनुसार आज बुधबार फूलपाती भित्र्याएर कुछी भोज सुरु भएको छ। नेवार सामुदायले बुधबार बिहान ७ः३४ बजेदेखि सप्तमी अर्थात फूलपाती मनाउने, आश्विन २४ गते बिहीबार बिहान ७ः२७ बजेदेखि अष्टमी […]

Oct 9, 2024 - 16:04
 0
भक्तपुरका नेवारले पञ्चाङ्ग निर्णायक निर्णय मानेनन्, आजै फूलपाती भित्र्याए

भक्तपुर ।


भक्तपरका नेवार समदायले आजै फूलपाती भित्र्याएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा फूलपाती भित्र्याइएको हो ।


नेवारी परम्पराअनुसार आज बुधबार फूलपाती भित्र्याएर कुछी भोज सुरु भएको छ। नेवार सामुदायले बुधबार बिहान ७ः३४ बजेदेखि सप्तमी अर्थात फूलपाती मनाउने, आश्विन २४ गते बिहीबार बिहान ७ः२७ बजेदेखि अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार बिहान ६ः५२ बजेदेखि महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताँःपूजा) गर्ने र आश्विन २६ गते शनिबार विजयादशमी पूजा गरी टीका ग्रहण गर्ने निर्णय गरेको हो ।


भक्तपुर तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायत स्थानीय पुजारीहरुले विज्ञप्ती जारी गरी असोज २३ गते फूलपाती मनाउने निर्णय गरेका थिए ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने विसं २०८१ को दसैँ असोज २४ गते फूलपाती भित्र्याउने शुभसाइत बिहान ७ः११ बजे, असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी तथा असोज २६ गते बिहान ८ः३३ बजे देवी विसर्जन र टीका लगाउने उत्तम साइत ११ः३६ बजे रहेको तालिका समितिले सार्वजनिक गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register