बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बसुन्धरा बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४१ वर्षीय टंक प्रसाद सुवेदी र उनकै श्रीमती रौहतट चन्द्रपुर नगरपालिका-८ घर भएकी ४४ वर्षीया निता गौतम सुवेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख […]

Oct 3, 2024 - 11:40
 0
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बसुन्धरा बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४१ वर्षीय टंक प्रसाद सुवेदी र उनकै श्रीमती रौहतट चन्द्रपुर नगरपालिका-८ घर भएकी ४४ वर्षीया निता गौतम सुवेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register